जेष्ठ २, २०८१ बुधबार

कन्काईमा बालमैत्री अन्तरक्रिया

बिर्तामोड । कनकाई नगर बाल संजालले बाल मैत्री अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सहिद दिवसको अवसर पारेर संजालले बाल क्लबका पूर्व अध्यक्षसँग छलफल गरेको हो ।

अन्तरक्रियामा पूर्व अध्यक्षहरु खेमराज चापागाईं,हिमाशुं उप्रेती ,सारिका गिरी र संस्थापक अध्यक्ष नवीन गौतमले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरुले बिगत जस्तो समस्या नभएपनि बालबालिकालाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन भएको धारणा राखेका थिए ।

उनिहरुले बिगतमा बालक्लब भनेकोसम्म राम्रो बुझ्न नसकेको भए पनि हाल नगरका सबै बालबालिका आफ्नो अधिकारलाई स्थापित गर्न सफल भएको अनुभव सुनाएका थिए । स्थानीय सरकार गठन हुनु पूर्व कर्मचारीबाट सहयोग नभएको बताए । बालबालिकाका लागि विनियोजित रकम कागजमा सिमित हुने गरेको र अहिले बजेट देखि सबै कुरामा स्थानीय सरकार आएपछि गतिविधि गर्न सहज भएको बताइएको छ ।

नगर प्रमुख राजेन्द्र पोख्रेल, उपप्रमुख मन्जु प्रसाईं बालकल्याण अधिकारी उमानाथ ढकाल बालबालिका तथा शिक्षा संचार मञ्चका अध्यक्ष सरोज पौडेलले अभियानका बारेमा प्रष्ट पारेका थिए । नगरप्रमुख पोख्रेलले बालक्लबले खेलेको रचनात्मक गतिविधिबाट आफू प्रभावित भएको र बाल मैत्री पालिका निर्माणमा आफु कटिबद्ध भएर लाग्ने उद्घोष गरे । सोही अवसरमा बाल संजालका संस्थापक अध्यक्ष गौतमलाई सम्मान समेत गरिएको थियो ।

गौतमले कनकाई ४ स्थित पुकार अपांग अशक्त समाजलाई चामल,तेल,बिस्कुट लगायतका खाध्यान्न र अन्य अन्त्यावसेक सामग्री समेत बितरण गरेका छन् । हाल उनी अध्ययनका लागि अष्ट्रेलियामा रहेको र छुट्टीमा घर आएको बेला बाल क्लबको समन्वयमा बालबालिकालाई सहयोग गरेको बताएका छन् ।

प्रकाशित मिति : माघ १७, २०७८ सोमबार  ९ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]