जेष्ठ ७, २०८१ सोमबार

बिर्तामोड प्रहरीले दर्ता गरेन कुटिएका वडाध्यक्षको उजुरी

बिर्तामोड । आफुमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै वडाध्यक्षले दिएको उजुरी बिर्तामोड प्रहरीले ६ दिन वितिसक्दा पनि दर्ता गरेको छैन । अर्जुनधारा १ का वडाध्यक्ष गजाधर खतिवडाले कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएका थिए ।

वडाध्यक्ष खतिवडाले माघ १२ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको इजलाससित बताएका छन् । उनले आफुमाथि कुटपिटमा संलग्न सोही वडाका कांग्रेस सभापति उपेन्द्र बस्नेत र उनैको घरमा काम गर्न बसेका होम अधिकारी विरुद्ध उजुरी दिएका थिए । बस्नेतकै कारण अधिकारीले कुटपिट गरेको आरोप लगाउँदै वडाध्यक्ष खतिवडाले दुवैलाई कारबाहीको माग गरेका छन् ।

११ गते कुटपिट भयो, वडाध्यक्ष खतिवडाले भने – १२ गते उजुरी दिएको हुँ । अहिलेसम्म दर्ता नहुँदा अचम्मित भएको छु । एउटा जनप्रतिनिधिमाथि कुटपिट हुँदा समेत उजुरी दर्ता नहुँनुले बिर्तामोड प्रहरीले पीडितहरुको पक्षमा काम गर्न नसकेको उनको आशंका छ । पित्त थैलीको अपरेशन गरेको केही दिनमा उनीमाथि कुटपिट भएको थियो ।

उजुरी दर्ता नभएपछि सोमवार संविधानसभाका सदस्य प्रेम गिरी, प्रदेश सांसद् विर्ख प्रधान, अर्जुनधाराका मेयर हरि राना, उपप्रमुख कमला आचार्य र नेकपा एमाले अर्जुनधाराका अध्यक्ष बलदेव गोम्देनले बिर्तामोड प्रहरी कार्यालय पुगेर घटनाबारे सोधीखोजी गरेका छन् । जनप्रतिनिधिले उजुरी दिदाँ समेत दर्ता नभएपछि उनीहरु प्रहरी कार्यालय पुगेका हुन् । अर्जुनधाराका मेयर रानाले प्रहरीलाई उजुरी दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । प्रहरीले कारबाही प्रक्रिया अघि बढाउने बताएको प्रमुख रानाको भनाई छ ।

सो उजुरीमा कांग्रेसका वडा सभापति बस्नेतको समेत नाम संलग्न भएकाले प्रहरीले उजुरी दर्ता नगरेको बुझिएको छ । बस्नेतले कुटपिट नगरेको भन्दै प्रहरीमा दवाव बढेकाले उजुरी दर्ता गरिएको छैन । कुटपिट गर्ने व्यक्ति बाहेकको समेत नाम जोडिएकोले प्रहरीले उजुरी दर्तामा ढिलाई गरेको बुझिएको छ । उजुरी दर्ताका लागि मुद्धा शाखा स्वतन्त्र भएको प्रहरी बताउँछन् ।

घटनामा संलग्न नभएको व्यक्तिको नाममा उजुरी दर्ता गर्न कठिनाइ भएको हुनसक्छ, झापाका प्ररही प्रवक्ता बसन्त पाठकले भने – मुद्धा दर्ता हुनैपर्छ । मुद्धा दर्ता नहुने कुरै भएन ।

प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार  ८ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]