जेष्ठ ४, २०८२ शनिबार

अस्पताललाई मिडियाले हदैसम्म खेदे : दुर्गा प्रसाई

बिर्तामोड । बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अस्पताललाई मिडियाले हदैसम्म खेदो गरेको गुनासो गरेका छन् । बुधबार पत्रकारहरुसँगको संक्षिप्त भेटघाटमा प्रसाईले मिडिया खेदो हद भएको बताए ।

अस्पतालले विभिन्न शिर्षकमा अनावश्यक शुल्क लिएको भन्दै गलत प्रचार गरिएको प्रसाईको भनाई छ । उनले पत्रकारहरुले समाचारका नाममा बार्गेनिङ गर्ने गरेको बताए । प्रसाईले भने, ‘यो सबै थर्काउन खोजेको मात्र हो । केहि चाहिएको भए सिधा सम्पर्क गर्नु ।’ उनले अस्पतालको नाममा गलत प्रचार गरेर स्वास्थ्य क्षेत्रको बद्नाम नगर्न आग्रह गरेका छन् ।

बिएण्डसी अस्पताल बन्द गराएर सिलिगुडीका अस्पतालमा विरामी पठाउने समपना नदेख्न प्रसाईको आग्रह थियो ।

अस्पतालका कार्यकारी निर्देशक प्रसाईले अस्पतालले गरेका राम्रा काममा कसैको आँखा नपुगेको आरोप लगाए । उनले अस्पतालको समाचार लेख्दा कम्तिमा अस्पताल प्रशासनलाई पनि बुझिदिनु आग्रह गरेका छन् । अस्पतालमा भर्ना हुन आउने हरेक बिरामीका लागि कोरोना परीक्षण अनिवार्य गराएको अस्पतालले एन्टिजेन र पीसीआर दुवै विधिबाट परीक्षण गर्ने गरेको र ती दुवै परीक्षणमा सरकारले तोकेको भन्दा बढी रकम लिने गरेको भन्ने कुरा भ्रामक भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । सरकारले तोकेको एकहजार रुपैयाँ भन्दा बढि शुल्क नलिएको गिरीले दावी गरे ।

अस्पतालमा ७÷८ दिन बिरामी कुरेर बसेका पथरीका निर्मला लुइटेल र इन्दिरा भट्टराईले आफुहरुलाई अस्पतालले पीपीई लगाउन अनिवार्य नगरेको बताए । ‘निर्मलाले भनिन् ‘हामी दिदीबहिनी ७-८ दिनदेखि आमा अजुदा कुमारी ढकाललको उपचारका लागि अस्पतालमै छौं’ निर्मलाले भनिन् ‘तर, हामीलाई पीपीई लगाउनु परेको छैन ।’

अस्पतालमा कोरोना संक्रमितको उपचारमा बसेका अन्य कुरुवा समेतले पीपीई बाध्यकारी नभएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार  १० : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]