आश्विन १९, २०७९ बुधबार

आज ‘भ्यालेन्टाइन डे’

काठमाण्डाै – आज १४ फेब्रुअरी, ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस ।  युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।

पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्षयता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ । पहिले पहिले सहरी क्षेत्रमा मात्रै प्रणय दिवसको मनाउने गरिए पनि आधुनिक प्रविधिको पहुँच बढेसँगै गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ ।

आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ ।

‘भ्यालेन्टाइन डे’ को सुरुवात सन् २६९ मा इटलीको रोमनबाट भएको मानिन्छ । सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध लगाएपछि यस विरुद्ध उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा प्रणय दिवस मनाउने गरिएको हो ।

आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी सन् २६९ को फेब्रुअरी १४ तारिखमा मृत्युदण्डको सजाय दिएका थिए ।  प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा ‘भ्यालेन्टाइन डे’ का रूपमा मनाउन थालिएको हो ।

प्रकाशित मिति : फाल्गुन २, २०७८ सोमबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास