जेष्ठ ७, २०८१ सोमबार

अर्जुनधारा खानेपानीको निर्वाचन फागुन ७ गते

इन्द्रकुमार राई

अर्जुनधारा । अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन फागुन ७ गते हुने भएको छ ।

खानेपानीको कार्यालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले उपभोक्ता समितिको चुनाव फागुन ७ गते शनिश्चरे माविको प्राङ्गण गर्ने निर्णय गरेको हो । बैठकले बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसका कारण गत माघ ६ गते निर्वाचन गर्ने तयारी गरिएको समितिको चुनाव स्थगित गरिएको निर्वाचन समितिका संयोजक कृष्ण पौडेलले जानकारी दिए । उपभोक्ता समितिको विधान बमोजिम १० सदस्यीय कार्य समितिमा ९ जना निर्वाचित र १ जना मनोनीत गरिने छ । पौडेलका अनुसार १३ सय ७० जना मतदाता रहेको उपभोक्ता समितिमा १ अध्यक्ष, उपाध्यक्ष , सचिव , सहसचिव र ५ जना खुल्ला सदस्य गरि ९ सदस्यीय पदहरुमा १८ जनाले उमेदवारी दिएका छन् ।

समितिको निर्वाचनमा नेकपा एमाले निकट संयुक्त लोकतान्त्रिक प्रगतिशील प्यानल र नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक गणतान्त्रिक समावेशी प्यानलबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित मिति : फाल्गुन २, २०७८ सोमबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]