बैशाख २४, २०८१ सोमबार

राष्ट्रिय युवा संघ बाह्रदशीको अध्यक्षमा योङहाङ्ग

बिर्तामोड । राष्ट्रिय युवा संघ बाह्रदशी गाउँपालिकाको ऐतिहासिक प्रथम गाउँ अधिवेशनबाट अध्यक्षमा मेरुन योङहाङ्ग सर्वसम्मत रुपमा चयन भएका छन् ।

संघको उपाध्यक्षमा शिशिर सापकोटा, सचिव सिद्धान्त ढकाल, सहसचिव धिरज गिरी, नरेश ओली, दक्षिणा श्रेष्ठ र कोषाध्यक्षमा डिक कुमार कटुवाल चयन भएका छन् ।

३७ सदस्यीय कमिटीको सदस्यहरुमा सज्जाद आलम, रोविन गिरी, इन्दिरा कट्टेल, सावित्री राजवंशी, भुवन भट्टराई, निरज कुमार भट्टराई, रुपा तामाङ, रोश्नी राजवंशी, रक्षा राजवंशी, अनिता भट्टराई, राम बहादुर रेग्मी, अन्सार आलम, रामकुमार महतो, राधिका माझी, रोशन नेपाली , रोहित कार्की, गोकुल घिमिरे, योगेश अधिकारी, आशा अधिकारी, लोकेन्द्र कटुवाल, सन्तोष कार्की, टिकाराम कट्टेल, कविता अधिकारी, जीत बहादुर श्रेष्ठ, कमल प्रसाद चुडाल, तेजमणि सुवेदी, दिपक काफ्ले र विनोद हेमरम रहेका छन् ।

जय नारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रम नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा जिल्ला इञ्चार्ज अग्नि खरेलको प्रमुख आतिथ्यतामा भएको थियो । अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य एवम् झापाका सह–इञ्चार्ज हरि बहादुर राजवंशी, प्रदेश कमिटी सदस्य एवम् जिसस झापाका प्रमुख सोमनाथ पोर्तेल, राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य रोजिना पाण्डे, प्रदेश अध्यक्ष अनिता कन्दङ्वा, झापाका संयोजक सागर पोर्तेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी, राष्ट्रिय युवा संघ बाह्रदशी अधिवेशन आयोजक कमिटीले अधिवेशनको पूर्वसन्ध्यामा पालिका क्षेत्रभित्र बृहत मोटरसाइकल र्याली समेत सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : फाल्गुन २, २०७८ सोमबार  ११ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]