जेष्ठ २, २०८१ बुधबार

कनकाई नगर कार्यालयभित्रैैबाट दुई वडाको सेवा

बिर्तामोड । कनकाई नगरपालिकाका दुई वटा वडाले नगरकै भवनबाट सेवा प्रवाह गरिहरेका छन् । नयाँ भवन बनाएर आफ्नै वडा कार्यालयबाट सेवा दिने वडाध्यक्षहरुको सपना कार्यकाल सकिन लाग्दा पनि पुरा भएन ।

वडा नं. १ र वडा नं. ७ का वडाबासी सेवा लिन नगरकै कार्यालय पुग्नुपर्छ । ७ नम्बरका वडाध्यक्ष लीला बहादुर कन्दङ्वाले चाडैं नै नगरको कार्यालय छोडेर आफ्नै वडा कार्यालयबाट सेवा दिने बताएका छन् ।

?????????

कनकाई नगरपालिकाका ९ वटा वडामध्ये कुनै पनि वडाले नयाँ वडा कार्यालय भवन बनाउन सकेनन् । कतिपय वडा कार्यालय भाडाको घरमा सञ्चालित छन् । पहिलो कार्यकाल सकिन लाग्दा कनकाई नगरपालिकाले एउटा वडा कार्यालयको भवन समेत ठड्याउन सकेन ।

वडा नं. १ र ७ ले नगरकै कार्यालयबाट सेवा दिइरहेका छन् भने ३ र ९ नम्बरले साविक गाविसको पुरानो भवनबाट सेवा दिदैं आएको छ । २, ४ र ५ नं वडा शहरी स्वास्थ्य केन्द्रको भवनबाट सेवा प्रभाह गरिरहेका छन् । वडा नं. ६ र ८ भने भाडाको घरमा बसेर नागरिकको सेवा गर्दै आएको छ ।

वडा नं. ७ का अध्यक्ष कन्दङ्वाले फागुन भित्रै नगरको कोठा छोडेर निस्कने बताए । उनका अनुसार शहरी स्वास्थ्य केन्द्रको कार्यालय भवन अन्तिम चरणमा पुगेको छ । आफ्नो वडाको भवन निर्माण नहुञ्जेललाई सोही भवनबाट सेवा दिने अध्यक्ष कन्दङ्वाको भनाई छ । वडाध्यक्ष कन्दङ्वासहितको समूहले शहरी र वडाका लागि जग्गा खोजेको थियो । जग्गा प्राप्त भएपछि शहरीको बजेट आयो भवन पनि बन्यो, अध्यक्षले भने – वडामा बजेट आएन भवन पनि बनेन । अब, निर्माणका लागि मैले वडाबाटै ११ लाख छुट्याएको छु । नगरले समेत १०-११ लाख दिने विश्वास गरेको बताए ।

अध्यक्ष कन्दङ्वाले नागरिकको सुविधाका लागि केहि महिनाअघि वडा कार्यालय दुर्गापुरस्थित भृकुटी माविमा सारेका थिए । सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोवास गर्ने वडाबासीको लगत संकलनका लागि वडाध्यक्षले वडाका फर्निचर लिएर नजिकैको स्कुल पुगेका थिए । उनी स्कुलको एउटा कोठामा बसेर सेवा प्रवाह गर्दागर्दै भाडाको घर पनि खाजे । अध्यक्षले भने – भनेजस्तो घर नभेटेपछि फेरि नगरकै भवनमा फर्किए ।

६६ वर्षीय वडाध्यक्ष कन्दङ्वा नगरका ज्येष्ठ जनप्रतिनिधि हुन् । उनले वडाको भवन बनाएरै छोड्ने अठोट लिएको बताए । धेरैले नगरको कमजोर पहलले नगरभित्र कुनै पनि वडा कार्यालय बन्न नसकेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : फाल्गुन ५, २०७८ बिहीबार  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]