जेष्ठ ७, २०८१ सोमबार

पार्टी अध्यक्षसँगको भनाभनलाई गम्भीर ढंगले नबुझ्न वरिष्ठ नेता नेपालको आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गर्नुभएको छ ।

सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाण्डौमा गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताहरुले त्यस बारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै यस विषयलाई सामान्य रुपमा लिन आग्रह गर्नुभएको हो ।

पार्टी अध्यक्ष र आफुबीच भएको सामान्य विवाद श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्न पनि सुझाव दिनुभयो ।

‘झगडा भयो भनेर वैबाहिक जीवन प्रति नै निरास होइन, समस्या समाधानका लागि हो । राजनीतिमा पनि भागेर नभई समस्यासंग जुध्दै र सामाना गर्दे अघि बढ्नुपर्छ ।’ वरिष्ठ नेता नेपालले नेताहरुबीच भनाभन भएछ भनेर पुर्ववक्ता साथीले चिन्ता व्यक्त गर्नुभयो यो बाट अत्तिनु केही पनि पर्दैन । यो घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? त्यही हो । विहे गर्नु नै वेकार रहेछ । छोराछोरी जन्माउनु नै वेकार रहेछ भन्नु ? यो जीवनको यथार्थ हो । पछाडि हट्नु हुँदैन । आएका समस्यालाई कसरी समाधान गर्ने ? समस्या त आउछन् ।

आओस् भन्ने हो भने पर जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ । सामाजिक जीवनमा प्रवेश गर्ने हो भने अनेकौं समस्याहरु आउँछन् । बाधा अवरोधहरु आउँछन् । ती समस्याहरुको सामना गर्ने आँँट हुनुपर्छ ।’

नेता नेपालले पारिवारिक, राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्यता गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : भाद्र ७, २०७६ शनिबार  ६ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]