जेष्ठ ६, २०८१ आईतबार

एनएमसीद्वारा ५० हजार राहत प्रदान

बिर्तामोड । झापाको मेचीनगर–६, काँकरभिट्टा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्नो शेयर सदस्यको निधन भएपछि सैनिक बजारको एक परिवारलाई नगद पचास हजार राहत सहयोग प्रदान गरेको छ ।

एनएमसी सहकारी बिर्तामोड–१० सैनिक बजार शाखा कार्यालयमा कार्यरत सुरक्षा गार्ड मनोज राईका पिता शेयर सदस्य बिर्खबहादुर राईको निधन भएपछि सैनिक बजारस्थित स्व.राईको निवासमा पुगेर सहकारीले पचास हजार रुपैयाँ प्रदान गरेको हो ।

सहकारीका कार्यालयगत उपसमिति संयोजक मनु मुखिया,सदस्य गंगाप्रसाद मैनाली, एकाइ नं.१ का संयोजक कमल खतिवडा, एकाइ नं. २ का संयोजक रत्नबहादुर बस्नेत, सदस्य ओमबहादुर गुरुङ, गणेश बोहोरा,कार्यालय प्रमुख सन्तोष ढुंगाना, कर्मचारी पवन मैनाली, चन्द्रबहादुर राईलगायतको टोलीले समवेदनापत्रसहित उक्त राहत रकम हस्तान्तरण गरेको बजार प्रतिनिधि निशा लिम्बूले जानकारी दिइन् ।

संस्थामा ११ हजार ६ रुपैयाँभन्दा बढी शेयर रकम मौज्दात भएका सदस्यको मृत्यु भएमा ५० हजार रुपैयाँ उपलब्ध गराइने संस्थाको नियम अनुसार उक्त रकम प्रदान गरिएको बताइएको छ । प्रदेश–१ कै एटीएम सञ्चालन गर्ने पहिलो सहकारीको रुपमा रहेको एनएमसीका एक लाखभन्दा शेयर सदस्य रहेका छन् ।

प्रकाशित मिति : फाल्गुन ७, २०७८ शनिबार  ६ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]