बैशाख २४, २०८१ सोमबार

बिर्तामोडमा बालमैत्री विधालय निर्माणका लागि प्रशिक्षण

बिर्तामोड । बालमैत्री विद्यालय निर्माणका लागि २ दिने बाल क्लव फोकल पर्सन तथा बाल क्लव अध्यक्ष प्रशिक्षण बिर्तामोडमा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको सहयोगमा बालबालिका तथा शिक्षा संचार मञ्च नेपालसँगको समन्वयमा समय सञ्जाल मिडियाले आयोजना गरेको कार्यक्रममा बिर्तामोड नगरका ७५ वटा सामुदायिक, संस्थागत एवम् धार्मिक विद्यालयका बालक्लव फोकल पर्सन शिक्षक एवम् बाल क्लवका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

बिर्तामोडको सैनिकमोडस्थित गौरवती सतानुसिंह राजबंशी स्मृति प्रतिस्ठानको सभाहलमा आयोजित कार्यक्रमको पहिलो दिन बिहीबार फोकल पर्सन शिक्षकहरुको सहभागिता रहेको थियो भने दोश्रो दिन शुक्रबार बालक्लवका अध्यक्ष विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले बालबालिका देशको भविष्य भएकाले उनीहरुको अधिकार र बिकासका लागि नगरपालिकाका तर्फबाट सक्दो पहलकदमी लिने बताईन । त्यस्तै कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तिलचन भण्डारीले बालबालिकाको सर्वागिंण विकासको लागि शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले शिक्षकहरुलाई तालिम मार्फत यस सम्बन्धी जानकारी दिन खोजिएको बताए ।

यस्तै, प्याब्सन बिर्तामोड अध्यक्ष उत्तम खनालले कोभिड महामारी एवम् अन्य कारण संस्थागत विद्यालयमा बालक्लवका लागि गर्नुपर्ने जति काम गर्न नसकिएको स्वीकार्दै आगामी दिनहरुमा बालबालिका तथा शिक्षा संचार मञ्चसँगको सहकार्यमा रणनीतिक योजना निर्माण गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । बालक्लब र बिद्यालयले धेरै काम गर्न आवश्यक रहेको र आगामी दिनमा स्थानीय सरकारसँग समन्वय गरेर गतिविधि गर्ने बताए । संयोजक सरोज पौडेलको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण राष्ट्रिय बाल अधिकार परिषद्का अधिकृत सुमन अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन ७, २०७८ शनिबार  ९ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]