बैशाख २४, २०८१ सोमबार

प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण

विराटनगर – प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण भएको छ । १७० जनाको पीसीआर परीक्षण गर्दा ८ र ३५१ ज्नाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा ३–३ र झापामा २ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा २ र कटहरीमा १, सुनसरीको कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका २, झापाको बुद्धशान्ति र भद्रपुरमा १–१ जनामा संक्रमण भएको हो ।

प्रदेश १ मा आज १०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४९ महिला र ५५ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ११५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन ७, २०७८ शनिबार  ५ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]