बैशाख २४, २०८१ सोमबार

झापामा पत्रकार, कृतिकार र पुस्तकालयलाई सम्मान

बिर्तामोड – जयेन्द्र प्रसाईँ साहित्य सेवा कोषले पत्रकार मनिषा चौलागाईँसहित एक कृतिकार र त्रिफला पुस्तकालयलाई आज सम्मान गरेको छ । बिर्तामोडमा आयोजित कार्यक्रममा धनमाया पत्रकारिता पुरस्कारबाट मनिषा चौलागाईँ, विष्णु, चन्द्र पद्मा दीर्घ साहित्य सम्मानबाट पुस्तकालय र उत्कृष्ट कृतिका लेखक राजेन्द्र सङ्ग्रौलालाई सम्मान गरिएको हो ।

उहाँहरुलाई नगद रु २१ हजारका दरले साहित्यकार तथा नेपाल सरकारका पूर्वमुख्यसचिव भोजराज घिमिरेले सम्मान गर्नुभएको थियो । विसं २०७७ मा प्रकाशित कृतिमध्ये सर्वोत्कृष्ट कृति सङ्ग्रौलाको सङ्क्रमण उपन्यास भएको थियो ।

प्रकाशित मिति : फाल्गुन ७, २०७८ शनिबार  ६ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]