जेष्ठ ६, २०८१ आईतबार

शनिश्चरे खानेपानीको अध्यक्षमा शिवाकोटी निर्वाचित

इन्द्र कुमार राई

शनिश्चरे । अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष पदमा किरण शिवाकोटी निर्वाचित भएका छन् ।

स्थानीय शनिश्चरे माध्यमिक विद्यालयको प्राङगणमा शनिबार भएको उपभोक्ता समितिको निर्वाचनमा लोकतान्त्रिक गणतान्त्रिक समावेशी प्यानलका शिवाकोटीले संयुक्त लोकतान्त्रिक प्रगतिशील प्यानलका उमेदवार रुद्रबहादुर न्यौपानेलाई भारी मत (३८० ) अन्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

शिवाकोटीले ५ सय ६९ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्दी न्यौपानेले १ सय ८९ मत प्राप्त गरेका थिए । समितिको उपाध्यक्षमा किरण वनले ४ सय ८७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संयुक्त लोकतान्त्रिक प्यानलका श्याम घिमिरेले २ सय ५९ मत प्राप्त गरेका थिए । समितिको सचिवमा राकेश ढकालले ५ सय ३६ मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी संयुक्त लोकतान्त्रिक प्यानलका सन्तबहादुर तामाङले २ सय मत प्राप्त गरेका थिए ।

त्यस्तै सहसचिवमा गणतान्त्रिक समावेशी प्यानलका शान्तिदेवी राईले ४ सय ६६ मत ल्याई विजयी भइन् । उनकी प्रतिस्पर्धी गणेशबहादुर खड्काले २ सय ४६ मत प्राप्त गरेका थिए ।

समितिको आरक्षण महिला सदस्य पदमा देवकला प्रसाईंले ४ सय ७५ मत , सरु बुढाथोकीले ४ सय ५८ मत तथा खुल्ला सदस्यमा समावेशी प्यानलकै तुलाराम दाहालले ४ सय ७९ मत , राजेन्द्र काफलेले ४ सय १७ मत र दिपेन्द्र फुँयलले (सुभाष) ३ सय ७७ मत ल्याई निर्वाचित भएको निर्वाचन समितिका संयोजक कृष्ण पौडेलले जानकारी दिए । ११ सय २६ जम्मा मतदाता रहेको उपभोक्ता समितिको निर्वाचनमा ८ सय १८ मत खसेको थियो ।

प्रकाशित मिति : फाल्गुन ९, २०७८ सोमबार  ७ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]