जेष्ठ ६, २०८१ आईतबार

अब बिर्तामोडको आफ्नै पाठ्यपुस्तक : सबै विधालयमा ‘आचरण सचेतना शिक्षा’ खानपिनदेखि योगासम्मको ज्ञान

बिर्तामोड । प्रदेश नं.१ मै पहिलो पटक बिर्तामोड नगरपालिकाले विधार्थीलाई आचरण प्रदान गर्न पाठ्यपुस्तक तयार गरेको छ ।

कक्षा–३ र कक्षा –४ का विधार्थीको लागि पहिलो चरणमा नगरपालिकाले आचरण सचेतना शिक्षा नामक दुई पुस्तक आइतवार विमोचन गरेको छ ।
विथार्थीको ज्ञान र विवेकको विकासका लागि स्थानीय सरकारले आचरण सचेतना शिक्षा प्रकाशित गरेको दावी गरिएको छ । स्थानीय विषयका रुपमा प्रकाशित गरिएको पाठ्यपुस्तक यहि शैक्षिक शत्र ०७६ बाट लागु गरिने छ । कक्षा –३ र ४ का लागि पहिलो चरणमा तयारी गरिएको पाठ्यपुस्तक हरेक वर्ष माथिल्लो कक्षाका लागि पनि तयार गरिने उपप्रमुख महतराको भनाई छ । कक्षा – ८ सम्मका विधार्थीको लागि आचरण सचेतना शिक्षा पाठ्यपुस्तकको रुपमा समावेश गरिने बताइएको छ ।


यस पाठ्यपुस्तकले नेपाली समाजमा अनुशासनको सिकाई सानै उमेरबाट हुनुपर्ने जोड दिइएको छ । स्थानीय विषयवस्तु र आधारभूत जानकारी राखिएको सचेतना शिक्षामा दैनिक जीवनसँग जोडिएका महत्वपूर्ण सामग्री समावेश छन् । विधार्थीको बाल उमेर समूहलाई नैतिक शिक्षाका लागि उक्त किताव नगरले प्रकाशित गरेको प्रशासन प्रमुख देवराज कार्कीले जानकारी दिए ।
कितावको लेखन तथा सम्पादन डम्बर बहादुर बस्नेत, मोहन प्रसाद ओली, टंक प्रसाद सेढाई, केशर बहादुर खवास, लिलाप्रसाद भण्डारी, भोजराज दाहाल,युवराज कट्टेल,देवेन्द्र हुँमागाई, टिका पोखरेल, श्याम प्रसाद दाहाल, युवराज ढकाल र इन्दिरा वस्तीले गरेका हुन् ।


कक्षा ३ मा आदर र सम्मान, सतिशको परिवार राम्रो सोचौं, आफ्नो सामानको सुरक्षा गरौं, सहयोग र सद्भावना, सचेत बनौं, म को हुँ ?, पोषाक लवाइखवाई,बोली बचन र व्यवहार , सहकार्य र सहयोग , आफुलाई चिनौं, नेतृत्व, शुद्ध खाऔं, वातावरणीय सरसफाई, राम्रो खाना, शारिरीक व्यायाम, योग, हाम्रा धर्म र चाडपर्व, स्थानीय जातजाति र भेषभुषा, स्थानीय लोक बाजा र लोकनृत्य, सडक र बाटाघाटाहरु, सडकमा पैदल यात्रीले पालना गर्नुपर्ने नियमहरु, जेब्रा क्रसिङ, सञ्चार र प्रविधि, स्वच्छ वातावरण, धुलो र धुँवाबाट बच्ने उपाय, बोट विरुवा संरक्षण र मेरो घरायसी वातावरण र सरसफाई विषयक्रममा राखिएको छ ।


यस्तै, कक्षा –४ मा आत्मरक्षा र शिष्टाचार, सबैलाई सम्मान गरौं, अन्ध विश्वास, सामाजिक अपराध, वित्तीय अनुसाशन, आफुलाई विश्वास गरौं, तार्किक र निर्णय क्षमता, नेतृत्व विकास , रामु काका, समूह, असल व्यवहार, जैविक खाद्यवस्तुको उत्पादन, शौचालय र पानीका स्रोतको सरसफाई, फोहोर व्यवस्थापन, पोषण्युक्त खाना, धुम्रपान र मद्यपानको असर, औषधि उपचार, शारिरीक व्यायाम तथा योग शिक्षा, हाम्रा संस्कारहरु, मातृभाषा, स्थानीय लोकबाजा र लोकनृत्य, ट्राफिक व्यवस्थापन, ट्राफिक संकेत र वत्तीहरु, सञ्चार प्रविधिको आवश्यकता , वातावरण र वनस्पती , प्राकृतिक प्रकोप न्यूनिकरण र उद्दार , हाम्रो विधालयको राम्रो वातावरण र सामाजिक वातावरण विषयक्रममा राखिएको छ ।


प्रदेश १ का सांसद एकराज कार्की र कार्यबाहक मेयर पवित्रा महतरा प्रसाईले पाठ्यपुस्तककको विमोचन गरेका हुन् । विमोचन कार्यक्रममा नगरपालिका क्षेत्रभित्र रहेका प्रधानाध्यापक, विधालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक र सरोकारवाला सहभागी थिए । यो किसिमको पुस्तक प्रदेश मै पहिलो भएको कार्यक्रमका प्रमुख अतिथि सांसद् कार्कीले दावी गरेका छन् ।

उनले विधार्थीलाई बाल उमेरबाटै आचरण सिकाउन विर्तामोड नगरपालिकाले गरेको प्रयास प्रशंसनीय रहेको बताएका छन् । कार्यक्रममा बोल्दै कार्कीले गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्न विधालयका प्रधानाध्यापकलाई आग्रह समेत गरेका छन् । उनले त्यसका लागि आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको बताए ।


कक्षा –३ को ७६ र कक्षा –४ को ८० पृष्ठ रहेको सो पुस्तक पढाउने शिक्षकको आचरण कस्तो हुने भन्ने बारे खुलाइएको छैन । विधार्थी मात्र आचरण सहितको हुने कि शिक्षक पनि आचरणयुक्त भन्ने चाँही बहस गर्नुपर्ने केहि प्रधानाध्यापकले प्रतिक्रिया दिएका छन् ।
आचरण सचेतना शिक्षा नगर क्षेत्रभित्र रहेका १८ वटा विधालयमा निशुल्क वितरण गरिने छ ।

प्रकाशित मिति : भाद्र ८, २०७६ आईतबार  १ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]