बैशाख २१, २०८१ शुक्रबार

झापामा कानुनी विवाह गर्नेको संख्या बढ्दो


बिर्तामोड । न्यूजिल्याण्ड नेलशन सिटीका भीमराज प्याकुरेलले झापा दमक –३ ढुकरपानी निवासी अनिता प्रसाईसँग गत फागुन १६ गते विवाह गरे । उनीहरुको हिन्दु परम्परा अनुसार विवाह सम्पन्न भयो ।

विवाह पश्चात उनीहरुले बुधबार झापा जिल्ला अदालतबाट कानुनी विावह (कोट म्यारिज) गरेका छन् । उनीको कोट म्यारिज अधिवक्ता अर्जुन बस्नेतले गरेका हुन् । प्याकुरेल दमक बेलडाँगी शिविरबाट तेस्रो देश पुनर्वासका क्रममा न्यूजिल्याण्ड पुगेका थिए । न्यूजिल्याण्डमा स्थायी नागरिक भइसकेका उनले नेपाली महिलासँग विवाह गरेर श्रीमतिलाई पनि लैजान कोट म्यारिज गर्नु परेको जानकारी दिएका छन् । प्याकुरेलका अनुसार संसारभर कोट म्यारिज आधिकारिक हुने भएकोले यो प्रावधान अपनाउन जरुरी छ । दुतावासले पनि यसैलाई आधिकारिक मान्ने गरेको छ । सो विवाहको प्रमाण पत्र भएपछि नव दुलही अनितालाई पनि न्यूजिल्याण्डको बाटो खुलेको छ । न्यूजिल्याण्ड पुगेपछि केहि समयपछि श्रीमति पनि स्थायी नागरिक हुने उनको भनाई छ ।

यस्तै, अर्जुनधारा–३ का इन्द्र क्षेत्रीले सिर्जना राजवंशीसँग बुधबार नै झापा जिल्ला अदालतबाट विवाह गरेका छन् । दुई साताअघि आफ्नै परम्परा बमोजिम विवाह गरेका उनीहरुले कोट म्यारिज गरेर बुधबार प्रमाण पत्र बुझेका छन् । क्षेत्री अमेरिका बसिरहेका छन् । सोहि राष्ट्रमा श्रीमति लैजान उनले कोट म्यारिज गरेका हुन् ।

झापा जिल्ला अदालतमा अहिले दैनिक कोट म्यारिन हुन थालेको छ । न्यूनतम एउटा देखि दश वटासम्म कोट म्यारिज हुने गरेको जिल्ला अदालत झापाका निमित्त श्रेष्तेदार योगेन्द्र प्रसाद आचार्यले जानकारी दिए । उनले पछिल्लो समय कोट म्यारिज गर्नेको संख्या बढ्दै गएको बताएका छन् । भदौबाट शुरु भएको नयाँ मुलुकी ऐन बमोजिम प्रशाषन कार्यलय र गाविस, नगरपालिकाबाट विवाहको प्रमाण पत्र पाइदैन । अहिले अदालतमा कोट म्यारिज गर्नुपर्छ, त्यसको आधिकारिकता संसारमा हुन्छ – आचार्यले भने ।

विवाहित भुटानी शरणार्थीले पुर्नवासको समयमा सम्बन्ध विच्छेद् गरेर मात्रै जान पाउने भएपछि उनीहरु अहिले फर्किदै सम्बन्ध जोडिरहेका छन् । अदालतमा ‘कोट म्यारिज’ गर्दै सम्बन्ध जोडेर फर्किने भएपछि पनि कोट म्यारिज गर्नेको स्ंख्या बढिरहेको निमित्त श्रेष्तेदार आचार्य बताउँछन् । उनका अनुसार यो सँगै विवाह गरेर अन्य राष्ट्र जाने महिला, पुरुषले पनि कागजी प्रक्रिया पुरा गर्न कोट म्यारिज अनिवार्य भएको छ ।

झापा जिल्ला अदालतको विविध फाँटमा कार्यरत हेमराज लम्सालका अनुसार ०७५ भदौ १ देखि फागुन २९ सम्म १२१ जोडिले कोट म्यारिज गरेका छन् ।

प्रकाशित मिति : बैशाख १६, २०७६ सोमबार  १ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]