जेष्ठ ६, २०८१ आईतबार

अर्जुनधाराका तीन जग्गादातालाई सम्मान

बिर्तामोड । अर्जुनधारा नगरपालिकाले जग्गादातालाई सम्मान गरेको छ । नगरपालिकाले शुक्रवार एक कार्यक्रमको आयोजना गरि तीन जना जग्गादातालाई सम्मान गरेको हो ।

अर्जुनधारा–१ साधुटारको वडा कार्यालय र स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि निशुल्क रुपमा जग्गा उलपब्ध गराउने तीन जनालाई सम्मान–पत्र सहित सम्मान गरिएको नगर प्रमुख हरि कुमार रानाले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री वीरमणि ढकालले जग्गादातालाई सम्मान गरेका थिए ।

वडा कार्यालय र स्वास्थ्य केन्द्र निर्माणार्थ स्थानीय नरमाया खड्का, हेमबहादुर न्यौपाने र मन बहादुर फुँयालले जग्गाा उपलब्ध गराएका थिए । खड्काले डेढ कठ्ठा, न्यौपानेले ३ कठ्ठा ११ धुर जग्गा वडा कार्यालय निर्माणका लागि उपलब्ध गराएका थिए भने स्वास्थ्य केन्द्र निर्माणका लागि फुँयालले २ कठ्ठा जग्गा उपलब्ध गराएका थिए ।

सोही कार्यक्रममा दुवै कार्यालयको औपचारिक उद्घाटन समेत गरिएको छ । नगरका प्रेस संयोजक नन्दलाल खतिवडाका अनुसार वडाको समग्र विकास बारे वडाध्यक्ष गजाधर खतिवडाले विवरण सार्वजनिक गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत गिता राईको सञ्चालनमा भएको कार्यक्रम नगर प्रमुख रानाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्थानीय राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी सहित अन्य दलहरुले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : फाल्गुन १३, २०७८ शुक्रबार  ५ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]