जेष्ठ ६, २०८१ आईतबार

अर्जुनधारामा वक्तृत्वकला र कविता वाचन प्रतियोगिता

इन्द्रकुमार राई
अर्जुनधारा । अर्जुनधारा अपाङगता स्वावलम्बन समाजले नगर स्तरीय वक्तृत्वकला , कविता वाचन प्रतियोगिता शुक्रबार स्थानीय पितृ भवनमा गरेको छ ।

स्वावलम्वन समाजको आयोजना र अर्जनधारा नगरपालिकाको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको बौद्धिक , प्रतिभा विकास गराउने उद्धेश्यले कार्यक्रम आयाजना गरिएको हो । प्रतियोगिता कार्यक्रममा समाजका अध्यक्ष खेम रेग्मीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । नगरपालिका उपमेयर कमला खतिवडा आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वक्तृत्वकला तर्फ टीका कट्टेल प्रथम, कौशिला रेग्मी दोस्रो र ठाकुरसिंह गुरुङ तेस्रो भएका छन् ।

त्यस्तै कविता वाचनमा केबल बानियाँ प्रथम , ठाकुरसिंह गुरुङ दोस्रो र हरिप्रसाद चिमरिया तेस्रो भएको निर्णायक मण्डलीका संयोजक कृष्ण पौडेलले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई २ हजार , दोस्रो हुनेलाई १ हजार ५ सय र तेस्रोलाई १ हजार रुपैयाँ नगद (आज) प्रदान गरिने बताइएको छ । रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि आचार्य, नेपाली कांग्रेस नगर उपसभापति चतुर्भूज काफले , अर्जुनधारा नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख यमुना पौडेल लगायतले मन्तव्य राखेका थिए ।

समाजको २ दिने बेग्लाबेग्लै कार्यक्रम अन्तर्गत अपाङ्गता भएकालाई शारीरिक विकास गराउनका लागि आज ( शनिबार ) बहिरा तथा लाटाहरुको दौड , छेलो हान्ने , हिड्न नसक्नेको व्हील चियर रेस र म्यूजिकल चियर प्रतियोगिता स्थानीय अरुणोदय आधारभूत विद्यालय खेल मैदानमा गरिने अध्यक्ष रेग्मीले जानकारी दिए । प्रतियोगितामा पहिलो , दोस्रो र तेस्रो हुने विजेतालाई क्रमशः २ हजार , १ हजार ५ सय र १ हजार प्रदान गरिने बताइएको छ ।

प्रकाशित मिति : फाल्गुन १४, २०७८ शनिबार  ७ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]