जेष्ठ २, २०८१ बुधबार

वडास्तरीय फुटबलको उपाधि कनकाई ५ को पोल्टामा

कनकाई – कनकाई नगर खेलकुद विकास समितिले संचालन गरेको वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं.५ को पोल्टामा परेको छ ।

शुक्रबार वडा नंं.३ र वडा नं.५ विच भएको प्रतिस्पर्धात्मक खेलमा १-० गोलको अन्तरले वडा नं. ५ विजयी बनेको हो । विजेता टिमका खेलाडी भीम मगरले खेलको १२ औं मिनटमा गरेको पहिलो गोल नै निर्णायक बनेको खेल संयोजक गोविन्द उप्रेतीले जानकारी दिए । विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमख राजेन्द्र पोखरेलले नगद ५१ हजार, प्रमाण पत्र र ट्रफी प्रदान गरे । त्यस्तै उपविजेता टिम कनकाईको वडा नं. ३ लाई समेत नगद ३१ हजार, प्रमाण पत्र र ट्रफी प्रदान गरेको बताइएको छ ।

खेलको म्यान अफ द म्याच विजेता टिमका गोल कर्ता भीम मगर घोषित भए । उनलाई खेल संयोजक गोविन्द उप्रेतीले म्यानअफद म्याचको पुरस्कार प्रदान गरेका थिए । त्यस्तै कनकाई ३ का खेलाडी सनम देवान खेलको म्यान अफ द सिरीज घोषित भए । उनलाई कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाइले पुरस्कार वितरण गरेकी थिइन् । कार्यक्रमकै अवसरमा यसअघि नै सम्पन्न भएको कनकाई नगर क्षेत्रको वडास्तरीय कराँते प्रतियोगिताको पुरस्कार साथै ट्रफी र प्रमाण पत्र समेत वितरण गरिएको बताइएको छ ।

विजया दशमीको अवसरमा गत असोज १७ मा उद्घाटन भई २५ गते समापन हुने गरी संचालन भएको प्रतियोगिताको अन्त्यतिर प्राविधिक कारणले खेल स्थगित हुन पुगेको थियो । त्यसपछि चाडपर्व समापनसँगै कोरोना कहरका विच केही समय ढिला हुन गएको भएपनि बाँकी खेललाई पुनः संचालन गरेर आयोजक समितिले एक विशेष समारोहका विच समापन कार्यक्रम सम्पन्न गरेको छ ।

कनकाई माविको खेल मैदानमा सम्पन्न प्रतियोगितामा खेल संयोजकका रुपमा रहेका आयोजक समितिका सदस्य गोविन्द उप्रेतीको सभापतित्व एवम् नगर प्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : फाल्गुन १४, २०७८ शनिबार  ७ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]