जेष्ठ १२, २०८२ आईतबार

बिर्तामोडमा ढाका बुनाई तालिम शुरु, अचारको समापन

बिर्तामोड । बिर्तामोड नगरपालिका ८ हर्चनामा ढाका बुनाई तालिम शुरु भएको छ । जेष्ठ नागरिक चौतारीको भवनमा बिर्तामोड नगरपालिकाको गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आइतबार देखि तालिम शुरु भएको हो ।

तालिमको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले व्यानर पढेर उद्घाटन गरेका थिए । तालिममा २१ जना सहभागी भएका छन् । ढाका कपडा बनाउनको लागि भुमि लिम्बुले प्रशिक्षण प्रदान गर्ने जनाइएको छ ।

उद्घाटन कार्यक्रममा नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिना, वडा सदस्य गंगा राजवंशी, समाजसेवी किरण तिम्सिना लगायतको उपस्थिति रहेको थियो । तालिम २०७९ बैशाख १५ गतेसम्म सञ्चालन हुने छ । भवनमा यस अघि देखिनै नगरपालिकाको आयोजनामै सिलाई कटाई तालिमसमेत सञ्चालन भईरहेको छ । तालिमलाई दुर्गा उप्रेतीले प्रशिक्षण प्रदान गर्दै आएका छन् ।

यस्तै बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित गरामनीमा अचार बनाउने तालिमको समापन गरिएको छ । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत फागुन ८ गते देखि शुरु भएको यस तालिममा १३ जनाले सहभागिता जनाएका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले तालिममा सिकेको सिपलाई पेशा बनाउन आग्रह गरे । सामुहिक रुपमा अचार बनाउने उद्योग सञ्चालन गर्नु पर्नेमा जोड दिँदै उनले व्यवसायिक बन्नु पर्ने बताए । यस्तै उपप्रमुख पवित्रा महतारा प्रसाईले सबै महिलाहरु आत्मनिर्भर हुनु पर्ने बताइन् । चुला चौकाबाट बाहिर निस्केर महिलाहरुले व्यापार व्यवसाय लगायत सामाजिक गतिविधिमा समेत सक्रिय रहन उनको सूझाव थियो । प्रशिक्षार्थीहरुलाई नगरप्रमुख शिवाकोटीले प्रमाण पत्र प्रदान गरेका थिए । अचार बनाउने तालिमलाई वेदनिधि चापागाई र मुना दाहालले प्रशिक्षण दिएका हुन् ।

समापन कार्यक्रममा वडा नम्बर ९ कि वडाध्यक्ष पवित्रा पाठक, वडा सदस्य दिपक भट्टराई लगायतको उपस्थिति रहेको थियो । नगरपालिकाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत विभिन्न प्रकारका तालिमहरु सञ्चालन गर्दै आएको कार्यक्रमकी सहजकर्ता चनिमाया तामाङले जानकारी दिइन् ।

प्रकाशित मिति : फाल्गुन १५, २०७८ आईतबार  ७ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]