नेकपा (एस) एमसीसीको पक्षमा उभिएपछि बिर्तामोडका पौडेलद्वारा पार्टी परित्यागको घोषणा
बिर्तामोड । झापा बिर्तामोडका भिष्म पौडेलले नेकपा समाजवादी पार्टीबाट अलग भएको घोषणा गरेका छन् । झापामा नेकपा एसभित्र प्रभावशाली मानिएका पौडेलले पार्टी एमसीसीको पक्षमा उभिएपछि पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पौडेलले आज विहान सामाजिक सञ्जाल मार्फत नेकपा एसबाट अलग भएको घोषणा गरेका हुन् । पौडेलले आठ दिनअघि नै पार्टी एमसीसीको पक्षमा उभिए पार्टी परित्याग गर्ने बताएका थिए ।
एमालेमा रहँदा माधव नेपाल समूह पक्षधर भएका काम गरेका पौडेल एमाले छोडेर नेकपा एसको राजनीतिमा सक्रिय भएका थिए । जिल्लामा एसको संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गरिरहेका पौडेलले पार्टी परित्याग गरेसँगै उनका सहकर्मीहरु पनि पार्टी परित्याग गर्ने मोडमा पुगेका छन् ।