बैशाख १४, २०८१ शुक्रबार

उज्यालो गोलधाप बालक्लबको अध्यक्ष अनुप

बिर्तामोड । उज्यालो गोलधाप बाल क्लबको तेस्रो अधिबेशनबाट अनुप सासंकरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गगरिएको छ । २०७५ सालमा स्थापना भएको बालक्लब बालअधिकारको क्षेत्रमा क्रिायशिल छ ।

आगामी नेतृत्वका लागि नयाँ कार्यसमितिको उपाध्यक्षमा पुस्कल घिमिरे ,सन्ध्या राई ,उत्तम कार्की सचिव सन्दिप गुरुङ ,सह– मौसम खड्का र कोषाध्यक्ष रुश्मा पाठक र सदस्यहरुमा भुवन कार्की,बिनिशा बेघा,मन्सिका गुरुङ आशिष कट्टेल,विनिता नायक,सम्राट खरेल ,नुमा उप्रेती ,दिलशा पाठक ,कुशल भट्टराई ,रिजन चौहान,सुमन सोरेन,सुसन ढकाल ,युनिश आङ्देम्बे,अम्बिका महत्तो,दिपेश दर्जी ,इश्वर सेडाई,मन्दिरा घिमिरे,मनिष भण्डारी सदस्यमा चयन भएका छन् ।

अधिबेशनका अवसरमा वडाका बिद्यालयले नृत्य प्रस्तुत गरेका थिए । उपाध्यक्ष देबेन्द्र अधिकारीले स्वागत गरेको कार्यक्रममा नरेश बराल, राम पराजुलीले शुभकामना राखेका थिए।

प्रमुख अतिथी गापा अध्यक्ष रविन्द्र लिङ्देनले गाउँपालिकाले बालबालिकाको क्षेत्रमा गर्नु पर्ने काम सोचे जति गर्न नसके पनि वडा नम्बर १ ले बालबालिकाको क्षेत्रमा रचनात्मक गतिविधि गर्दै पालिकालाई सकारात्मक सन्देश दिएको बताए ।

यस्तै वडाध्यक्ष त्रिलोचन सापकोटाले बालक्लबले काम गर्न खोजेको तर विभिन्न कारणले सम्बोधन गर्न नसकिएको बताए । गाउँपालिकालाई लक्षित गर्दै सापकोटाले पालिकाले कार्यविधि बनाएर उत्कृष्ट बालक्लबलाई १ लाख दिने भने पनि अहिलेसम्म कार्यन्वयन नगरेकाले स्थानीय सरकारलाई तत्काल सम्बोधन गर्न आग्रह गरे ।

हल्दिवारी १ स्थित गोलधाप वडा कार्यालयको सभाहलमा आयोजित अधिबेशनमा गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर १ वडाकार्यालय र सहजकर्ता सरोज पौडेललाई सम्मान समेत गरेको छ ।

प्रकाशित मिति : फाल्गुन १६, २०७८ सोमबार  १० : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]