जेष्ठ २, २०८१ बुधबार

‘रोटरी उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा

कनकाई । झापाको कनकाई ७ निवासी पत्रकार रामप्रसाद निरौलाले रोटरी उत्कृष्ट पत्रकारिता पुरस्कारको घोषणा गरेका छन् ।
पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका निरौला विगत १२ वर्षदेखि निरन्तर रुपमा पत्रकारिता पेशामै क्रियाशिल रहँदै आएका छन् । निरौला झापाको कनकाई नगरबाट प्रकाशित कनकाई खबर साप्ताहिकका सम्पादक- प्रकाशक साथै कनकाई खबर डटकम न्यूज पोर्टलका संचालक हुन् । उनी कनकाई प्रेस क्लवका अध्यक्ष समेत हुन् ।

रोटरी क्लव अफ सुरुङ्गाको स्थापनाकालदेखि नै कार्यसमितिमा रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै आएका पत्रकार निरौला हाल रोटरी क्लव सुरुङ्गाको संचार संयोजकको जिम्मेवारीमा छन् । रोटरी क्लवको कार्यसमिति बैठकले यसअघि नै निर्णय गरेको रोटरी उत्कृष्ट पत्रकारिता पुरस्कारको सौजन्य आँफूले गर्ने पत्रकार निरौलाले घोषणा गरेका हुन् । रोटरी क्लवको विशेष कार्यक्रमका अवसरमा वार्षिक रुपमा वितरण गरिने पुरस्कारको राशी हाललाई नगद १५ हजार सहित सम्मान पत्र रहने बताइएको छ ।

झापा जिल्लामा रहेर रोटरीसहितका सामाजिक गतिविधिमा कलम चलाउँने एक जना पत्रकारलाई वार्षिक रुपमा सोही राशिको पुरस्कार वितरण गरिने जनाइएको छ । रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष सुशिलकुमार श्रेष्ठको अध्यक्षतामा यसअघि नै बसेको क्लवको बैठकले रोटरी उत्कृष्ट पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार पत्रकार निरौलाले आफ्नो तर्फबाट यसअघि नै भएको जन्म दिनको अवसर पारेर पुरस्कार सौजन्य गर्ने घोषणा गरेका हुन् ।

पुरस्कृत हुने पत्रकार छनौटका लागि नेपाल पत्रकार महासंघ झापाको तर्फबाट एक जना प्रतिनिधिसहित क्लवको एकजना जिम्मेवार पदाधिकारी साथै दाता परिवारको जिम्मेवार सदस्य गरी तीन सदस्यीय पुरस्कार छनौट समितिले रहनेछ । सो समितिको निर्णय अनुसार सम्मान गरिने रोटरी क्लव अफ सुरुङ्गाका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले बताएका छन् ।

प्रकाशित मिति : फाल्गुन २०, २०७८ शुक्रबार  ५ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]