बैशाख २७, २०८२ शनिबार

अर्जुनधारा ६ का जग्गादातालाई सम्मान

इन्द्रकुमार राई

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले जग्गा दाताहरुलाई एक कार्यक्रमका बीच शुक्रबार सम्मान गरेको छ । नगरपालिकाद्वारा वडा नम्बर – ६ को नव निर्माणधिन कार्यालय भवनमा आयोजित सम्मान कार्यक्रममा नगरपालिकालाई निःशुल्क जग्गा दान गर्ने दाताहरुलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि एवम् पूर्व कानुन मन्त्री अग्नि खरेलको प्रमुख आतिथ्यतामा जीवनाथ कोईराला र कमलप्रसाद आचार्यलाई सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । वडा नम्बर –६ को कार्यालय भवन निर्माण गर्नका लागि कोइरालाले ३ कठ्ठा र आचार्यले स्वास्थ्य भवन बनाउन ९ धुर जग्गा नगरपालिकालाई निःशुल्क प्रदान गरेको वडा नम्वर –६ का वडा परिषद सदस्य टुम्मनाथ काफलेले जानकारी दिए । यसअघि नगरपालिकाले वडा नम्बर –१, २, ३ ,४ र ५ का जग्गा दाताहरुलाई सम्मान गरिसकेको छ ।

सम्मान कार्यक्रममा वडा नम्वर –६ का वडाध्य लोकनाथ गौतमले ५ बर्ष कार्यकालमा वडा समितिले गरेको विकासका गतिविधि बारे अवगत गराए । अर्जनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि खरेल, नगरपालिकाका उपप्रमुख कमला खतिवडा आचार्य, नेकपा एमाले वडा कमिटी अध्यक्ष दिवाकर चौधरी , नेपाली कांग्रेस वडा सभापति नेत्रप्रसाद मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : फाल्गुन २२, २०७८ आईतबार  ९ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]