बैशाख २६, २०८२ शुक्रबार

एक रुपैयाँका नयाँ सिक्का आजदेखि चलनचल्तीमा

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आजदेखि एक रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउँदै छ ।

एक रुपैयाँको सिक्काको अग्र भागमा सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्ला हुनेछन् । यस्तै, चौसठ्ठी वटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा रि वान र तल्लो भागमा देवनागरी लिपिमा एक रुपैयाँ लेखिएको छ ।

नेपालको नक्साको दायाँतर्फ दृष्टिविहीनले स्पर्श गरेर पहिचान गर्न सक्ने एउटा मोटो थोप्लो रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी सिक्काको पृष्ठ भागमा आठ थोप्लासहितको वृत्ताकार घेराभित्रको वर्गाकार आकृतिलाई वरिपरि चन्द्र, सूर्य, चक्र, संख, पद्म, गदा तथा बीचमा सगरमाथाको आकृति र आकृतिको मुनि अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ । 

प्रकाशित मिति : फाल्गुन २५, २०७८ बुधबार  ८ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]