जेष्ठ ५, २०८१ शनिबार

चिया मजदुरको चेतावनी

बिर्तामोड । झापाका चिया मजदुरले आन्दोलनलाई सामान्य नठान्न आग्रह गर्दै आन्दोलनका विरुद्ध कुनै गतिविधि गरे त्यसको क्षति व्यहानुपर्ने चेतावनी दिएका छन् ।
सोमवार विज्ञप्ति जारी गर्दै चिया मजदुरका संघ संगठनले आन्दोलन दवाउन प्रयास गर्ने जो कोहिलाई नछोड्ने चेतावनी दिएका छन् । सरकारले व्यवस्था गरेको पारिश्रमिक उपलब्ध गराउन माग गर्दै आन्दोलनरत चिया मजदुरले यो आन्दोलनलाई जीवनमरणको रुपमा लिएको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका उपाध्यक्ष सहिकुमार राईले जानकारी दिएका छन् । उनले आइतवार हल्दिवारी –२ मा रहेको कामाक्ष देवि चिया प्रशोधन कारखानामा भएको तोडफोडको घटना ध्यानाकर्षण भएको जनाउँदै चिया मजदुरको आन्दोलनलाई चुनौति नदिन आग्रह गरेका छन् ।
गत चैत १७ गतेदेखि आन्दोलनरत चिया मजदुरले कारखाना बन्द गर्ने मनसाय नभएको भन्दै सरकारले व्यवस्था गरेको ज्याला लागु गरेर कारखाना सञ्चालन गर्न माग गर्दै आएका छन् । हल्दिवारीको घटना कारखाना सञ्चालन गरेकोले गर्दा भएको उनीहरुको वक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति : बैशाख १६, २०७६ सोमबार  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]