जेष्ठ ६, २०८१ आईतबार

मोसा सुरक्षा

सम्पादकीय
प्रहरीमा सर्वसाधरण नागरिकको धेरै उजुरी मोवाइल हराएको खोजीदिन र मोटरसाइकल खोजीका लागि परिरहेको छ । प्रहरीलाई यही काम सबैभन्दा हैरान पनि छ । मोटरसाइकल थोरैले मात्रै भट्टाइरहेका छन् भने मोवाइल त अपवादमा मात्रै भेटिन्छ । किनभने, प्रहरीले आम नागरिकको दैनिक जीवनमा आइपरेका समस्याका समाधान गर्दागर्दै मोवाइल खोजी गर्न सक्दैन । मोटरसाइकल पनि खोज्न चै खोज्ने नै हो । तर, फेला पार्न प्रहरीलाई निकै हम्मेहम्मे छ । त्यसरी मोटरसाइकल हराएर फेला नपरेकाहरु धेरै छन् ।

बिहीवार मात्रै प्रहरीले ६ जनालाई सार्वजनिक गरेको छ । मोटरसाइकल चोरीमा संलग्न गिरोह नै प्रहरीको फन्दामा पर्यो । प्रहरीले एउटा मिसन बनाएकै कारण ७ वटा मोटरसाइकलसहित चोरीमा संलग्नहरु फेला परे । नजिकै भारतीय बजार प्रवेश गर्न पाउने भएपछि चोरी भएको केहिवेर मै मोटरसाइकल भारत छिरिसकेको हुन्छ । त्यसका लागि ग्यारेजवालाहरुले पनि सहयोग गरेको पाइएको छ । त्यति मात्र होइन, नक्कली कागजात बनाएर नेपाल मै विक्रि गर्ने गिरोह सक्रिय छ । त्यसको नियन्त्रणलाई प्रभावकारी बनाउन प्रहरीले अलग्गै संयन्त्र परिचालन गर्नुपर्छ ।

केहि वर्षअघिसम्म घरभित्रबाटै मोटरसाइकल चोरी हुन्थ्यो । अहिले पार्किङबाट मोटरसाइकल हराउछ । क्षणभर मै मोटरसाइकल चोरी भएका कयौं घटनाहरु छन् । पहिलो त बजार नै असुरक्षित छ । बजारको निगरानी हुनुपर्ने हो । सीसी क्यामेरा राख्दा पनि यसले प्रभावकारी काम गर्न सकिरहेको छैन । बजारमा छिटपुट बाहेक कसैले सुरक्षित पार्किङको व्यवस्था मिलाएका छैनन् । बैंक जाने ग्राहकको मोसा सुरक्षित हुदैन । त्यहाँ नत सेक्यूरिटीले हेर्छ नत सीसी कै पहुँच हुन्छ । सबैभन्दा पहिलो सार्वजनिक तथा निजी पार्किङको व्यवस्था मिलाउनै पर्छ नभए, चोरीको जोखिम व्यहोर्न बाहेक केहि विकल्प हुने छैन । र, सवारी धनीले स्वयम् सुरक्षा गर्नुको अर्को उपाय छैन ।

प्रकाशित मिति : फाल्गुन २८, २०७८ शनिबार  ८ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]