जेष्ठ २, २०८१ बुधबार

कनकाई उधोग वाणिज्य संघमा मतदाता संख्या विवाद उत्कर्षमा, वरिष्ट उपाध्यक्षद्वारा निर्वाचनमा भाग नलिने घोषणा

बिर्तामोड । कनकाई उधोग वाणिज्य संघको निर्वाचनमा मतदाता नामावली संख्या प्रकरणले विवाद उत्कर्षमा पुगेको छ । मतदाता नामावली संख्यामा विवाद भएपछि संघका वरिष्ठ उपाध्यक्ष सोमनाथ उप्रेती निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन् । आज विहान सम्पन्न बैठकमा फरक मत राख्दै वरिष्ठ उपाध्यक्ष उप्रेती संघको आसन्न निर्वाचन प्रक्रियामा सहभागी नहुने इजलाससित बताए ।

निर्वाचन समितिले साधारणसभामा प्रस्तुत भएको विवरण अनुसार मतदाता नामावली प्रकाशन गरेको थियो । पहिले निर्वाचन समितिले १ हजार ५७ जनाको मतदाता नामावली प्रकाशन गरेको थियो । १ हजार ५७ जनाको नाम अस्पष्ट रुपमा प्रकाशित भएको, दर्ता नम्बर नबुझिएको , अक्षरहरु नबुझिएको भन्दै व्यवसायीहरुले स्पष्ट रुपमा नाम प्रकाशित गर्न कार्यसमितिलाई आग्रह गरेका थिए ।

त्यसपश्चात २३ गते १४ सय १ जनाको नाम प्रकाशित भयो । व्यवसायीले संख्यामा धेरै फेरवदल आएको भन्दै विरोध जनाए । फेरि निर्वाचन समितिले त्यसलाई पनि फिर्ता गरिदियो । मतदाता नामावलीमा विरोध बढेपछि कार्यसमितिबाट अनुमोदन गरेर दिन निर्वाचन समितिले आग्रह गरेको थियो । सोही दिनदेखि निर्वाचन कार्यक्रम समेत स्थगित गरिएको थियो ।

संघको आज सम्पन्न बैठकले पछिल्लो पटकको नामावली बहुमतको आधारमा निर्वाचन समितिलाई बुझाएपछि अध्यक्षका उम्मेद्वार समेत रहेका उप्रेतीले निर्वाचन प्रक्रियामा भाग नलिने भन्दै फरक मत जाहेर गरेका छन् । निर्वाचन समितिले पहिले सार्वजनिक गरेको मतदाता संख्याभन्दा पछिल्लो संख्यामा ३४४ जना बढि देखिएको छ । मतदाता नामावली संख्याको विवादले दुई पटक निर्वाचन कार्यक्रम स्थगित भइसकेको छ ।

यसै सन्दर्भमा निर्वाचन समितिका प्रमुख प्रकाश चुडालले मतादाता नामावली संख्या फरक–फरक पाएको स्वीकार गरेका छन् । उनका अनुसार फागुन २० गते १०५७ र २३ गते १४०१ जनाको नाम प्रकाशित भएको बताए । दुवै दिन संख्यामा विवाद भएकाले हाललाई निर्वाचन प्रक्रिया स्थगित गरिएको छ, चुडालले भने । आज विहान भएको बैठकले १२२७ मतदाता संख्या रहेको कार्यसमितिले निर्वाचन समितिलाई जनाएको थियो ।

सो संख्यामा समेत फरक आएपछि विवाद झन बढेर गएको छ । कार्यसमितिले मतादाता संख्या उपलब्ध गराउदै पिच्छे फरक–फरक भएपछि व्यवसायी र कार्यसमितिमा समेत विवाद चर्किएको छ ।

प्रकाशित मिति : फाल्गुन २८, २०७८ शनिबार  ७ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]