बैशाख १९, २०८१ बुधबार

बुद्धशान्ति युवा संघको अध्यक्षमा पवन

चन्द्रकान्त वाग्ले
बुद्धशान्ति । राष्ट्रिय युवा संघ नेपाल बुद्धशान्तिको प्रथम अधिबेशनबाट पवन खतिवडाको अध्यक्षतामा ३४ सदस्यीय कमिटी गठन भएको छ ।

शनिवार सम्पन्न अधिवेशनले उपाध्यक्षमा अरुन कुमार थेबे, सचिबमा नवीन चापागाईं, सहसचिवहरुमा हरिकृष्ण तिम्सिना, केशव पाठक र कोषाध्यक्षमा टीका अधिकारी सर्वसम्मत भएका छन् । अन्य सदस्यहरु पहिलो बैठकले मनोनित गर्ने बताइएको छ ।

अधिबेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य रविन कोइरालाले देश संकटमा परेका बेलामा देश र जनताको पक्षमा युवाहरुले जहिले पनि अग्रस्थानमा रहेर भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले पार्टीको हितमा युवा शक्ति भएकोे स्मरण गराए ।

युवाहरूको काँधमा समाज भएकाले समाजमा रचनात्मक कार्य गर्दै समाजको उन्नतिका लागि अग्रसर भएर लाग्नुपर्ने कुरामा उनको जोड थियो । अधिवेशन आयोजक कमिटी संयोजक सुजन भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ ।

प्रकाशित मिति : फाल्गुन २८, २०७८ शनिबार  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]