जेष्ठ ६, २०८१ आईतबार

लागुऔषधबाट जोगाऔं

सम्पादकीय
झापामा लागुऔषधको कारोवार डरलाग्दो रुपमा भइरहेको छ । लागुऔषधमा पश्चिम नेपालदेखिका युवाहरुको व्यापारीक सम्बन्ध पूर्व नेपालमा बढ्दै गएको पाइन्छ । भर्खरै झापामा प्रहरीले पक्राउ गरेका कारोवारीमा बझाङका युवा समेत भेटिए । यसले झापाबाट पश्चिम नेपालमा लागुऔषधको कारोबार भइहरेको स्पष्ट पारेको छ । लागुऔषधबाट जसलाई हानी नोक्सानी भएको छैन, त्यसलाई यसको जोखिमबारे थाहा नहुन सक्छ । तर, जसलाई थाहा छ, उनीहरुका लागि यो काल झै उभिएको छ । यसको नियन्त्रण र नियमन गर्न अति आवश्यक भइसकेको छ ।

प्रहरीले हरेक दिन युवाहरुलाई लागुऔषधसहित पक्राउ गरिरहेको छ । भविष्य बनाउने सुन्दर समयमा युवाहरु यस प्रकारको गतिविधिमा सक्रिय छन् । धेरैका परिवारमा सपनाहरु उजाडिएका छन् । लागुऔषध परिवार भत्काउने जड बनिरहेको छ । कति युवाको भरोसामा परिवार टिकेको छ । त्यहि युवा विस्तारै लागुऔषधमा फसेर जिन्दगी बर्वाद गरिरहेको छ । यसको नियन्त्रण र नियमनमा प्रहरी बाहेकको संयन्त्र सक्रिय भइरहेको पाइदैन । जबसम्म प्रहरी समाउने र कारागार पठाउने काम मात्र गरिरहन्छ, तबसम्म यो नियन्त्रण हुन सक्दैन ।

लागुऔषध नियन्त्रणका लागि सरकारकै प्राथकितामा हुनुपर्छ । जबसम्म सरकारले लागुऔषध नियन्त्रलाई प्राथमिकता दिदैंन तबसम्म यसको नियन्त्रण नै संभव छैन । सकिन्छ भने, सरकारले यसको नियन्त्रणका लागि अलग्गै संयन्त्र बनाउनुपर्छ । परिवारहरुमा आफ्ना छोराछोरी कहाँ के गरिहरेका छन् ? भन्ने बारे चासो हुनुपर्छ । कतिपय युवाहरु परिवारको लापरबाहीका कारण गलत बाटोमा लागेका छन् । हरेक बाआमाले आजकै दिनदेखि छोरा वा छोरी कहाँ के गर्दैछन् । सोधीखोजी र निगरानी बढाउन आवश्यक छ । नभए, कुन दिन आफ्नो सन्तान लागुऔषधको मातमा लडिरहेको हुन्छ पत्तै हुदैन । त्यो बेला पश्चाताप गर्नुभन्दा अहिले नै होसियारी अपनाउनु बुद्धिमानी हुनेछ ।

प्रकाशित मिति : फाल्गुन २९, २०७८ आईतबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]