जेष्ठ ६, २०८१ आईतबार

कनकाई उधोग वाणिज्य संघको निर्वाचन स्वच्छ होस्

सम्पादकीय
कनकाई उधोग वाणिज्य संघको मतदाता संख्या विवादले त्यहाँभित्रको वेथितिको उजागर गरेको छ । संघभित्र चलिरहेको मनपरीतन्त्रलाई अहिलेको मतदाता संख्या विवादको घटनाले बाहिर ल्याएपछि संघ स्वच्छ र पारदर्शी ढंगबाट सञ्चालन भइरहेको छैन भन्ने स्पष्ट भएको छ । कनकाई उधोग वाणिज्य संघ अहिले निर्वाचनको संघारमा छ । निर्वाचन कै लागि भइहरेको प्रक्रियामाथि व्यापक विरोध भएपछि हाललाई स्थगित गर्नुपरेको छ । यसको मुख्य दोष कार्यसमितिलाई जान्छ । कार्यसमितिले गर्दा वाणिज्य संघको निर्वाचन नै विथोलिएको छ ।

गत फागुन २० गते कनकाई उधोग वाणिज्य संघको साधारणसभा भएको थियो । त्यसै साधारणसभालाई कतिपयले चुनावी साधारण सभा भएको प्रचार पनि गरे । कार्यसमितिमै सहमति नगरी चुनावी साधारणसभा गरिएको कुरा लोकतान्त्रिक छैन । आम व्यवसायीलाई नेतृत्व चुन्न पाउने अधिकारबाट बञ्चित गराउने प्रयास त्यहि दिन गलत भइसकेको थियो । आम सदस्यको सहमति विना संघ अघि बढ्न सक्दैन । त्यसै दिन १ हजार ५७ जनाको नाम मतदाता नामावलीको रुपमा प्रकाशित भयो ।

जालझेल गर्न मिल्ने गरि नाम अस्पष्ट रुपमा प्रकाशित भएको सदस्यहरुको आवाज आयो । त्यस लगत्तै त्यो नाम स्पष्ट बनाउन कार्यसमितिले काम थाल्यो । २३ गते १४ सय १ जनाको नाम प्रकाशित भयो । नाम थपिएर प्रकाशित भएपछि झनै विवाद बढेर गयो । त्यसको समाधान गर्न तत्कालै निर्वाचन स्थगित भयो । शनिवार कार्यसमितिले फेरि केहि नाम घटाएर १२२७ जनाको नाम उपब्ध गराउने कुराले विवाद उत्कर्षमा पुगेको छ । खासमा कनकाई उधोग वाणिज्य संघको सदस्य संख्या कति हो ? यहि हिसावले निर्वाचनका दिनसम्म कति पुग्ने हो, टुङ्गो छैन । कनकाई उधोग वाणिज्य संघले लोकको सामुन्ने लाज बचाओस् । यसले आफैलाई नाङ्गो बनाउनछ । कार्यसमिति सचेत बन्नुपर्छ, छलछामको उद्देश्य आफ्नै लागि घातक हुन सक्छ ।

प्रकाशित मिति : फाल्गुन ३०, २०७८ सोमबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]