जेष्ठ ६, २०८१ आईतबार

आर्मीको रकम दिलाइदेऊ

सम्पादकीय
तीन वर्षअघि झापाको डोमालाल राजवंशी रंगशालामा पूर्वाञ्चल गोल्डकप आयोजना भएको थियो । त्यो गोल्डकपको आयोजना गर्ने जायोन स्पोर्टस क्लव थियो । नाम नै नसुनिएको क्लवले ठुलो पुरस्कार राशीमा गोल्डकप आयोजना गर्दा धेरै फुटवल प्रतियोगिता आयोजकहरु नै चकित भएका थिए । सामाजिक रुपमा सामान्य परिचय भएका व्यक्तिहरुको संयोजनमा भएको गोल्डकपले आजसम्म उपाधि विजेता क्लवलाई पुरस्कार राशी वापतको रकम उपलब्ध गराउन सकेको छैन ।

झापाको फुटवल क्षेत्र अत्यन्तै चर्चित छ । यहाँ फुटवलको क्रेज धेरै माथिसम्म छ । झापाको क्रेजकै कारण यहाँका गोल्डकपहरु सधैं चर्चामा हुन्छन् र सफल पनि भइरहेका छन् । तर, पूर्वाञ्चल गोल्डकप मात्रै त्यस्तो गोल्डकप भयो, जसले झापाको बद्नाम नै गराएको छ । जायोन क्लवले गोल्डकप आयोजना गर्दा झापाका फुटवल क्षेत्रमा हस्ती मानिएका भगिरथ आले मामा म्याच कमिश्नर थिए । हरि खड्का ब्राण्ड एम्बेस्डर थिए । उनीहरु समेत जोडिएको पूर्वाञ्चल गोल्डकप आजसम्म किन उपाधि दिन सकिरहेको छैन ?

झापा बिर्तामोडका बासिन्दा भक्त खवाससहितको समूहले आयोजना गरेको गोल्डकपबाट अझैसम्म साढे ९ लाख रुपैयाँ नपाएको त्रिभुवन आर्मी क्लवका कोच नविन न्यौपानेले सार्वजनिक कार्यक्रममा भनिदिए । र, उनले त्यो रकम उपलब्ध गराइदिन आग्रह समेत गरेका छन् । झापाको फुटवल क्षेत्र मै दाग लगाउने त्यो काम प्राविधिक समस्याहरु भए पनि समाधान गर्नुपर्ने हो । त्यसका लागि भगिरथ आले मामा लगायतको योगदान हुन जरुरी छ । यो मुद्धालाई ठुलो रुप बन्न दिन हुदैन । समग्र झापाको फुटवल क्षेत्रमा योगदान गरिरहेका व्यक्तिहरुले आवश्यक पहल गरिदिन जरुरी छ ।

प्रकाशित मिति : चैत्र २, २०७८ बुधबार  ७ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]