बैशाख ११, २०८१ मंगलबार

रहस्यमय घटनामा घैलाडुब्बा प्रहरीको माफी

झापाको घैलाडुब्बा प्रहरीले पीडितलाई नै माफी मगाएर कागज गराएको छ ।

राति आफ्नै घरबाट वेपत्ता भई घाँटी तथा शरीरमा निलडामसहित बेहोस अवस्थामा फेला परेकी बाह्रदशी ७ की गोमादेवी गौतमलाई पीडाकै अवस्थामा प्रहरीले थप पीडा दिएको हो ।

साउन ३० गते वेलुका खाना खाएर ९ र ५ वर्षका दुई जना छोरासँगै सुतेकी गौतम ३१ गते विहान ८ वजे घाँटी तथा शरीरमा निलडामसहित बेहोस अवस्थामा घरभन्दा ३ किलोमिटर टाढा फेला परेकी थिइन् । गौतमका श्रीमान बैदेशिक रोजगारीमा गएका छन् । ‘वेलुका खाना खाएर घरमा सुतेकी हुँ, के भयो भन्ने केही थाहा छैन’, पीडित गौतमले भन्नुभयो, ‘पछि होस खुल्दा विर्तामोडको विएण्डसी अस्पतालमा थिएँ ।’

३० गते दिउँसो स्थानीय निरुता चापागाईंसँग फोनमा विवाद भएको थियो, गौतमले भन्नुभयो, ‘म अस्पतालबाट निस्कना साथ प्रहरीमा लगेर माफी मगाए, मेरो कुरा कसैले सुनिदिएन ।’

घटनाबारे बुझ्न फोन गर्दा घैलाडुब्बा प्रहरीका असई बमबहादुर कोइरालाले भन्नुभयो, ‘सहमति हुँदा स्थानीय भद्रभलादमी र सई साब हुनुहुन्थ्यो । मलाई सहमति बारे पूरै थाहा भएन ।’ उहाँले सई देवराज शर्मा घर विदाबाट आएपछि सबै कुरा भन्न सकिने जानकारी दिनुभयो ।

पीडितकी जेठानी यसोदा गौतमले आफु पीडितको घरभन्दा पल्लो घरमा रहने भएकाले राति ११ वजेतिर मात्र घटनाबारे जानकारी पाएको र रातभर खोज्दा नभेटेको जानकारी दिनुभयो । पीडितको माइती हल्दिवारी ५ हो ।

घटनापछि पीडितलाई लिएर न्याय खोज्दै माइती पक्ष हल्दिवारी गाउँपालिका पुगेको छ । घटनाबारे बुझ्न हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन घैलाडुब्बा प्रहरी पनि पुग्नुभयो ।

घटनाबारे आक्रोश व्यक्त गर्दै अध्यक्ष लिङदेनले भन्नुभयो, ‘घटना के भन्ने अनुसन्धान नै नगरी प्रहरीले उल्टै पीडितलाई माफी मगाउने काम गरेको छ, यो अन्यायको पनि हद हो ।’ पीडित गोमादेवी गौतम अहिले पनि फलोअप उपचारमा हुनुहुन्छ ।

प्रकाशित मिति : भाद्र ११, २०७६ बुधबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]