जेष्ठ ८, २०८२ बुधबार

अर्जुनधाराको बासबारीमा नगदसहित गरगहना चोरी

अर्जुनधारा । झापा अर्जुनधारामा बुधबार दिउँसो एक घरबाट १ लाख रुपैयाँ भन्दा बढीको धनमाल चोरी भएको छ । अर्जुनधारा नगरपालिका – ५ बासबारी स्थित रोहित अधिकारीको घरबाट नगद १५ हजार रुपैयाँ , १ तोला सुनको तिलहरी, १२ तोला चाँदीको गरगहना र १ थान ट्यापटप चोरी भएको जानकारी दिइएको छ ।

घरमा दिउँसो कोही नभएको मौका छोपी पश्चिमपट्टिको झ्याल फोरेर भित्र पसी रड, खुर्पा , हँसिया आदिको प्रयोग गरि दराज खोलेर नगद र जिन्सी सामानहरु चोरेर लगेको अधिकारीकी श्रीमती मनकुमारी राईले बताईन् । राई भन्छिन् – म दिउँसो घरबाट १२ बजे अफिस गएकी थिएँ । ५ बजे अफिसदेखि घर आइपुग्दा कोठाभित्र रहेको दराज खोलिएको देख्दा म झसङ्ग भएँ । मैले हेर्दा , दराजभित्र राखेको नगद, सुनचाँदी नभएकोले म छक्क परे ।’ झ्याल, ढोका हेरे पश्चिमपट्टि झ्याल फोरिएको देख्ता घरमा चोरी भएकोले साँझ ५ : ३० बजे तिर मैले बाहिर होहल्ला गरेपछि छिमेकीहरु आएको बताईन् ।

घर धनी रोहित भन्छन् – श्रीमान र श्रीमती हामी दुवै जना नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी ) मा कार्यरत कर्मचारी हौ । म ९ बजे अफिस जान्छु , श्रीमति १२ बजे जान्छिन् । घरमा दिउँसो कोही हुँदैन् । म पनि ५ – ६ बजे तिर घरमा आइपुग्छु । बुधवार दिउँसै दुले चोरले मेरो घर फोरेर १ लाख ५० हजार रुपैयाँ मुल्य बराबरको नगद तथा जिन्सी सामानहरु चोरेर लगेकोले शनिश्चरे चौकीमा चोरिएको विवरणसहित चोरको खोजतलास गरि यथाशीघ्र पक्राउ गर्न निवेदन दिएको बताउँछन् ।

प्रकाशित मिति : चैत्र ३, २०७८ बिहीबार  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]