जेष्ठ ६, २०८१ आईतबार

फलफूल उत्पादन र बजारीकरणमा गम्भीर बनौं

सम्पादकीय
नेपालमा फलफूलको आयात तथ्याङमा डरलाग्दो छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा मात्रै ६ अर्व ६० करोडको फलफूल आयात भयो । चीन र भारतबाट फलफूलको आयात आकासिएको छ । यसको नियन्त्रणका लागि स्थानीय उत्पादन मै जोड दिनुपर्छ । फलफूलमा नेपालबाट ठुलो रकम बाहिरिएको छ । आफ्नै देशमा त्यो पुँजीको जोहो गर्न स्थानीय उत्पादन गर्नैपर्छ । र, उत्पादन भएको फलफूललाई उचित मुल्य दिनुपर्छ । जबसम्म स्थानीय उत्पादनलाई व्यवसायीको असहयोग हुन्छ, तबसम्म आयात पनि बढिरहन्छ ।

केहि महिनाअघि झापामा जुम्लाको स्याउ विक्रि गर्न किसान आफै आए । किसानले ट्रक भाडामा लिएर आएका किसानलाई अर्गानिक नेपाली स्याउ विक्रि गर्न निकै कठिन भयो । दमक र बिर्तामोडलाई लक्षित गरेर ल्याइएको स्याउ विक्रि नभएर दैनिक खर्च समेत धान्न मुस्किल भयो । त्यसको एउटै कारण हो, व्यवसायीको असहयोग । यहाँका व्यापारी मार्फत विक्रि गर्न ल्याइएको स्याउ व्यापारीले किन्दै किनेनन् । जसका वावजुत किसानले सर्वसाधरण नागरिकलाई केजी÷केजी गर्दै विक्रि गरे ।

झट्ट हेर्दा चीनबाट आए जस्तो हेर्दै खाउँ–खाँउ जस्तो थिएन, जुम्लाको स्याउ । अलि आकर्षक नभए पनि स्वास्थ्यका लागि लाभदायिक थियो । तर, व्यापारी चीन र भारतबाट आयात भएको हेर्दै राम्रो देखिने स्याउ विक्रि गर्न उद्दत छन् । नेपाली किसानले उत्पादन गरेको स्याउ विक्रिमा खासै चासो दिएनन् । अर्थात, उचित मुल्य नै दिन चाहेनन् । यहि प्रवृत्तिले नेपाली किसानलाई मर्का परेको छ । स्थानीय उत्पादनको बजारीकरणमा स्थानीय व्यापारीकै असहयोग भइरहन्छ । यदि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने हो भने व्यवसायीको सहयोग जरुरी पर्छ । र, अन्य राष्ट्रबाट भइरहेको आयात घट्दै जान्छ ।

प्रकाशित मिति : चैत्र ७, २०७८ सोमबार  ८ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]