बैशाख १२, २०८१ बुधबार

झापाको बाह्रदशीमा बिएण्डसीद्वारा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरु


बिर्तामोड । बिएण्डसी मेडिकल कलेजले झापाको बाह्रदशी गाउँपालिकाका १५ सय गरिव एवं विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । सोमबार कलेजले एक कार्यक्रम आयोजना गरी उक्त जानकारी दिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक तथा नेकपा एमाले केन्द्रीय नेता दुर्गा प्रसाईले अस्पतालको तर्फबाट प्रति परिवार ३५०० बीमा शुल्क तिरिदिने घोषणा गरेका छन् । आर्थिक अभावका कारण उपचारबाट कोहि बञ्चित नहोस् भन्ने उद्देश्यले स्वास्थ्य विमामा समाहित गराउने अभियान सुरु गरेको कार्यकारी निर्देशक प्रसाईको भनाइ छ ।

कार्यक्रममा बोल्दै उनले भने, ‘म दानवीर हैन । तर, म नेपाल आमाको छोरा भएकोले दुख थोरै बाडौं भनेर म यहाँ आएको हुँ । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराबाट नागरिक बन्चित हुनु हुँदैन भन्ने मेरो धारणा हो । अहोरात्र नागरिकको सेवामा खटिरहेको हाम्रो अस्पतालले उपचारका लागि आएका नागरिकलाई हुने सक्ने सेवा सुविधामा छुट गरिदिने छ ।’

यस्तै, कार्यक्रममा बोल्दै प्रदेश संसद बसन्त बानियाँले झापाको पछाडी परेको क्षेत्रमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम स्वस्थ्य नागरिक बनाउने यो महाअभियानको सुरुवात भएको जनाए । उनले भने, ‘यस क्षेत्रको स्वास्थ्य सेवालाई नयाँ उचाईमा लग्नेछ । निःशुल्क स्वास्थ्य बीमाले बिमाको पहुँचमा नभएकालाई राज्यले दिएको सेवा लिन सक्छन् ।’ उक्त अभियान निरन्तर हुनेमा आफु विश्वस्त रहेको उनले बताए ।

निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य क्षेत्रका लागि अस्पतालको महत्वाकांक्षी योजना रहेको पुर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्रकुमार यादवले बताए । ‘यसबाट पिछडिएका नागरिकलाई ठूलो राहत मिल्ने छ । अझ क्यान्सर बिरामीको लागि यो पैसा ठुलो सहयोग हो, ‘उनले भने । पुर्वाञ्चल क्यान्सर अस्पतालले ४० वर्ष माथिका महिलाको पाठेघर र स्तन क्यान्सरको निःशुल्क स्क्रोनिङ गरिरहेको उनको जानकारी गराए ।

प्रकाशित मिति : चैत्र ७, २०७८ सोमबार  ६ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]