बैशाख २६, २०८२ शुक्रबार

ग्रीन भेञ्चर्स लिमिटेडकाे आईपीओ खुला

काठमाण्डाै – ग्रीन भेञ्चर्स लिमिटेडले आईपीओ खुला गरेको छ । आईपीओमा आउँदो शुक्रवारसम्म  आवेदन दिन सकिनेछ ।

११ गतेसम्म सबै सेयर बिक्री नभएमा आउँदो २२ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिशेयर एक सय अङ्कित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

निष्काशन गरिएको शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार सात ५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । यस्तै ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकाे छ ।

सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले ओखलढुङ्गामा लिखु–४ जलविद्युत् आयोजना (५२ दशमलव ४ मेगावाट) को निर्माण कार्य २०७८ पुस ३० गते सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ । 

प्रकाशित मिति : चैत्र ८, २०७८ मंगलबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]