जेष्ठ २, २०८१ बुधबार

कोरिया काण्डमा नगर प्रमुख मुछिएको प्रष्ट भयो : माओवादी

सुरुङ्गा । नेकपा माओवादी केन्द्र कनकाई नगर कमिटीले कनकाई नगरमा भएको कोरिया काण्डका दोषीलाई कानुनी कारवाही गर्न माग गरेको छ ।

नगर कमिटीका अध्यक्ष यामनाथ सेडाईं र सचिव विष्णुप्रसाद बिमलीद्वारा जारी प्रेस विज्ञप्तिमा कनकाई नगरपालिकाले जनतालाई सेवा दिने नाममा आम नगरवासीलाई गुमराहमा पारी कानुनको धज्जी उडाउँदै कामदारबाट मोटो रकम असुल गरेको आरोप लगाइएको छ ।

राष्ट्रिय टीभी च्यानलबाट यस्तो ठगीको पर्दाफास भएको र पत्रकार भेटघाट गरी आफ्ना कर्तुत लुकाउन र जनतामा भ्रम छर्न प्रयास गरेबाट यस काण्डमा नगर प्रमुख मुछिएको प्रष्ट भएको माओवादी केन्द्रको दावी छ । विज्ञप्तिमा कोरिया काण्डको सत्यतथ्य छानविन गरी दोषीलाई कानुनी कारवाही गर्न जोडदार माग गरिएको छ ।

प्रकाशित मिति : चैत्र ८, २०७८ मंगलबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]