जेष्ठ ६, २०८१ आईतबार

सामाजिक संयमताको खाँचो

सम्पादकीय
मोरङ जिल्लाको लेटाङमा राष्ट्रसेवक प्रहरीको हत्यापछि त्यहाँको जनजीवन सुनसान छ । एउटा छात्राको न्यायका लागि रक्षक भएर खटिएकी प्रहरीको हत्यापछि स्तब्ध लेटाङमा अझै कफ्र्यू जारी छ । शिक्षकले विधार्थीमाथि बलात्कार प्रयास गरेको घटनाले हिंसा भड्किएको थियो । त्यसै घटनाको कारण सुरक्षार्थ खटिएकी प्रहरी उर्मिला श्रेष्ठमाथि स्थानीय युवाले कुटपिट गरि हत्या गरे । कर्तव्य पालनाको क्रममा जीवन गुमाउने प्रहरी श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जलि ।

लेटाङको घटनाले अनेकौ प्रश्नहरु उब्जाएको छ । हाम्रो समाजको प्रबृत्ति बारे सोच्न बाध्य बनाएको छ । हाम्रो समाजमा कस्तो शिक्षा प्रदान गर्ने काम भइरहेको छ । लेटाङको घटनामा शिक्षकको विवेक पशुवत भयो । त्यस्ता शिक्षकबाट विधार्थीले कस्तो शिक्षा पाइरहेका होलान् ? त्यति मात्र होइन, यस प्रकारका घटनामा देखिने उश्रृङ्खल भीड पनि सामान्यतय शिक्षा आर्जन गरेरै आएका हुन्छन् । उनीहरु किन, यो हदसम्मको अपराधमा संलग्न भइरहेका छन् ? हाम्रो शिक्षाले किन संयमता सिकाइरहेको छैन ? किन अपराधीहरुलाई सहजै कारवाही गर्न दिइरहेको छैन ?

पूर्वी मोरङ लेटाङको घटना प्रतिनिधि घटना हो । यस प्रकारका अपराध हुदै नभएका होइनन् । विभिन्न ठाउँमा हुने यस्ता घटनामा किन आम सर्वसाधरण विवेक गुमाउन पुग्छन् ? हाम्रो शिक्षा प्रणाली नै कमजोर भएर पनि समाज संयमित हुन सकेको छैन । अध्यात्मिक हुन सकिरहेको छैन । संयमता र अध्यात्मिक नभएको समाज हिंस्रक नै हुन्छ । लेटाङ घटनाले त्यहाँको समाजमाथि नै प्रश्न उठाएको छ । एउटा बालिकामाथि अन्याय भयो । बालिकालाई न्याय दिनुपर्छ । तर, न्याय माग्ने विधि हिंसात्मक बनाउन हुदैन थियो । कुनै पनि घटनामा हिंसात्मक बनेर होइन, संयमित बनेर न्याय माग्नुपर्छ । लेटाङमा न्याय माग्न हिंसात्मक विधि अपनाएको पाइयो । जसका कारण अर्की चेलीको ज्यान गयो । यसैले हरेक व्यक्तिमा संयमताको खाँचो छ । सहनशिलता र व्यवहारिक बन्न जरुरी छ । ती महिला प्रहरीको हत्यामा संलग्न व्यक्तिहरुको कारवाहीमा कुनै कसर बाँकी नहोस् ।

प्रकाशित मिति : चैत्र ९, २०७८ बुधबार  ७ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]