जेष्ठ ६, २०८१ आईतबार

गाउँगाउँमा उम्मेद्वारको चर्चा

सम्पादकीय
आउँदो बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचनका लागि दलहरु आआफ्नो चुनावी माहोल बनाएर निर्वाचन क्षेत्रहरुमा लागिसके । सबै राजनीतिक दललाई चुनाव जित्नैपर्ने छ । चुनाव जित्नका लागि राजनीतिक दलका नेता योजनाका साथ गाउँगाउँमा केन्द्रीत भइसकेका छन् । पाँच वर्ष स्थानीय तहमा काम गरेका जनप्रतिनिधि निर्वाचन नजिकिदैं जाँदा फेरि दोहोराउने दाऊमा छन् । अधिकांश जनप्रतिनिधिहरु दोहोरिने मानसिकतामा देखिएका छन् । उनीहरुले पहिलो कार्यकालमा विविध चुनौतिका बिच काम गरेका छन् । त्यसैले पनि दोहोराउने कुरा स्वभाविक छ ।

अघिल्लो निर्वाचनबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु सबै फेरि दोहोराउनुपर्ने लायकका पनि छैनन् । धेरैले स्थानीय तहको हुर्मत लिएका छन् । स्थानीय तहको हुर्मत लिने जनप्रतिनिधिहरुलाई फेरि निर्वाचित गराउन आवश्यक पनि छैन । अर्को, स्थानीय तहमा आइसकेपछि स्थानीय नागरिकप्रति जिम्मेवार नभएका जनप्रनिधिलाई यहि कार्यकालबाट विदाई गर्नुपर्छ । उनीहरुको विजयले आम नागरिकको भावनालाई सम्बोधन गर्न सक्दैन । त्यसैले जनप्रतिनिधि बन्न योग्य धेरै व्यक्तिहरुलाई छनोटमा विवेक पुराउनुपर्छ ।

झापामा क्रियाशिल जनप्रतिनिधिहरु प्रायः सबै नागरिकको तहबाट पहिचान भइसकेको छ । को जनप्रतिनिधिले कसरी काम गरिरहेका छन्, सबैलाई हेक्का भएको विषय हो । यसैले फेरि दोहोराउनेलाई के गर्ने भन्ने विषय त्यति अन्यौल नहोला । यसैले निर्वाचनमा सबैको मतको महत्व धेरै छ । मत प्रदान गर्ने सन्दर्भमा विवेक नपुराएमा पाँच वर्षसम्म पश्चाताप गर्नु बाहेक केहि विकल्प हुदैन । त्यसैले पाँच वर्षको लागि आम नागरिकको हित र विकासमा समर्पित हुन सक्ने व्यक्तिलाई मात्र जनप्रतिनिधि बनाऔं । गाउँगाउँमा भइरहेको चर्चामा एउटा सचेत मतदाताले सोही अनुसारको सूझाव दिन आवश्यक पनि छ ।

प्रकाशित मिति : चैत्र १०, २०७८ बिहीबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]