जेष्ठ ७, २०८१ सोमबार

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, १२ भदौ –   नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । बुधबारका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि आजका लागि बोलाइएको हो ।      
आज  दिउँसो बस्ने बैठकमा समसामयिक राजनीतिक, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिकाबारेमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।  

बुधबार केन्द्रीय समिति बैठक नबसे पनि केन्द्रीय पदाधिकारी बैठक भने बसेको थियो । सो बैठक पार्टीको दोस्रो चरणको अभियानको तयारी र सो अभियानका लागि प्रतिनिधि चयनमा केन्द्रित रहेको प्रवक्ता शर्माले बताउनुभयो ।    

प्रकाशित मिति : भाद्र १२, २०७६ बिहीबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]