बैशाख १५, २०८१ शनिबार

बुट्टावारीका ग्यारेजवाला मारमा

बिर्तामोड । झापाको व्यस्त बजार बिर्तामोडबाट ग्यारेजलाई व्यवस्थित गर्ने बिर्तामोड नगरपालिकाको योजना कार्यान्वयन नहुने देखिएको छ ।
यहाँको ग्यारेज सारेर बुट्टावारी स्थित अटोल्याण्ड पुगेका ग्यारेजवाला त्यसको मारमा परेका छन् । उनीहरुले छोडेको ठाउँमा नयाँ ग्यारेज बन्न थालेपछि योजना कार्यान्वयन संकटमा परेको छ । वुट्टावारी पूर्व अटोल्याण्ड पार्क बनाउने भन्दै बिर्तामोड नगरपालिकाले नगरमा सञ्चालित केही ग्यारेजलाई २०७४ मा पत्राचार गर्दै सार्न निर्देशन दिएको थियो । ग्यारेज सार्नका लागि कडाइ गरेको नगरले अन्य ग्यारेजलाई यहि सञ्चालनका लागि अनुमति दिन थालेको अटो मेकानिक टे«ड युनियनका पूर्व केन्द्रीय सदस्य धनपति सत्यालले बताए ।
झापाको बिर्तामोड क्षेत्रमा मात्रै झण्डै दुई सय ग्यारेजहरु सञ्चालनमा रहेका छन् । ग्यारेजहरु अब्यवस्थित भएकै कारण बिर्तामोडमा विभिन्न रोग फैलिएको बताइन्छ ।
बिर्तामोडमा रहेका अव्यवस्थित ग्यारेजहरु व्यवस्थित भए नगर सफा हुने, नगरव्यवस्थित गर्न सहयोग पुग्ने, दुर्घटना न्यूनीकरणमा कमी हुने, चोरी डकैती कमी हुने सत्यालको भनाई छ ।
ले बताए । बिर्तामोडमा रहेका अधिकांश ग्यारेज बिना दर्ता सञ्चालनमा रहेको, वातावरणीय परीक्षण मूल्याङ्कन बिना नै सञ्चालन भएको र श्रमिकको बिमा समेत नगरिएको बताइन्छ । बिर्तामोड क्षेत्रमा रहेका ग्यारेजमा झण्डै ५ सयको हाराहारीमा भारतीय नागरिक कार्यरत रहेको बताइएको छ । निर्णय कार्यान्वयनका लागि अटो वर्कशप मजदुरहरुले ज्ञापन–पत्र बुझाएका छन् ।
अटो भिलेज बनाउने भएपछि बिर्तामोडका सञ्चालनमा रहेका सयौं अटो वर्कशपहरु त्यस क्षेत्रमा सरेका थिए । तर, आफूहरुलाई विस्थापित गरे पनि अटेर गर्नेहरुको विषयमा कुनै कारबाही गर्न नसकेको भन्दै निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै उनीहरुले आइतबार बिर्तामोड नगपालिकाकी उपप्रमुख पवित्रा महतरा (प्रसाई)लाई ज्ञापन पत्र बुझाए ।
अटो वर्कशप दर्ता नगरी सञ्चालनमा रहेको भन्दै उनीहरुले तत्काल अनुगमन गरेर बिना दर्ता सञ्चालनमा रहेका अटो वर्कशपलाई बन्द गर्न माग गरेका छन् । करिव चार दर्जन अटोवर्कशप मजदुरहरुले हस्ताक्षर गरेको ज्ञापन पत्र यपप्रमुख मार्फत नगरलाई बुझाएका छन् ।

प्रकाशित मिति : बैशाख १६, २०७६ सोमबार  ९ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]