जेष्ठ ७, २०८२ मंगलबार

कर्तव्य फाउण्डेशनद्वारा अशक्त दम्पतीलाई घर हस्तान्तरण

बिर्तामोड । कर्तव्य फाउण्डेशनले अर्जुनधाराका एक अशक्त एक दम्पतीलाई सपनाको घर हस्तान्तरण गरेको छ । ‘हाम्रो पनि सुन्दर घर होस अभियान’ अन्तर्गत अर्जनधारा ५ का धर्मराज गिरी र राजकुमारी गिरीलाई दुई कोठे घर हस्तान्तरण गरिएको हो ।

बिर्तामोडका सफल व्यवसायी एवम् सामाजिक व्यक्ति मोहन पोखरेल र टिका पोखरेलले पाँच लाख लगानी गरेर घर निर्माण गरिदिएका हुन् । घर प्राप्त गर्ने धर्मराजको श्रवणशक्ति छैन भने श्रीमति राजकुमारीको दृष्टि गुमेको छ । दुवै जना शारीरिक अशक्त भएकोले पोखरेल परिवारले सामाजिक सेवाको उद्देश्यले घर निर्माण गरेर आज हस्तान्तरण गरेका हुन् ।

नीजि लगानी र आफ्नै निगरानीमा घर निर्माण गरेका पोखरेल परिवारको तर्फबाट गिरीको परिवारलाई घरको चावी प्रदान गरिएको छ । उनीहरुले दम्पतिलाई घर प्रवेश समेत गराएका छन् ।

दाता पोखरेलले आफ्नो विगतको अवस्थालाई स्मरण गर्दै घर नहुँदाको पीडा बुझेर सहयोग गरेको बताएका छन् । त्यो बेला हामी पनि हावापानी आउँदा बलो समाएर बस्नुपथ्र्यो, घर नहुँदाको पीडा मलाई राम्रो थाहा छ , मोहनले भने – समाजमा केहि गर्ने मन भएकाले समयमै गरेको हुँ । सबैको मृत्यू निश्चित छ, पैसाले बाँचिदैन, त्यसैले उमेर हुँदै सेवा गर्नुपर्ने रहेछ । घर पाउने गिरी परिवार अन्त्यन्तै दुखले बसेको देखेर घर बनाउने सोच बनाए पोखरेलको भनाई छ ।

कर्तव्य फाउण्डेशनका संयोजक महेन्द्र गिरीले गरिव, विपन्न, असहाय, बृद्धबृद्धा, एकल महिला र अपांगता भएको परिवारका लागि १ सय घर बनाउने लक्ष्य रहेको बताएका छन् । बिर्तामोड, अर्जुनधारा र कनकाई नगर क्षेत्रभित्रमा यो कार्यक्रम अभियानका रुपमा अघि बढाइने गिरीको भनाई छ ।

कर्तव्य फाउण्डेशनले कसैसँग पनि चन्दा उठाएर घर बनाउँदैन, गिरीले भने – इच्छुक दाताले त्यस्ता परिवारलाई आफ्नो निजी लगानीमा घर बनाउनु पर्नेछ । उनले तत्काल पाँच परिवारका लागि घर बनाउन दाताहरु तयार भइसकेको जानकारी दिएका छन् ।
सोही अवसरमा घर बनाइदिने पोखरेल परिवारलाई कर्तव्य फाउण्डेशनले सम्मान गरेको छ ।

प्रकाशित मिति : चैत्र १३, २०७८ आईतबार  ५ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]