बैशाख २५, २०८१ मंगलबार

बाह्रदशी १ को विकासमा फड्को

बाह्रदशी सेरोफेरो
बाह्रदशी गाउँपालिका वडा नं. १ मा हामी जनप्रतिनिधि भई पाँच वटा विषयलाई प्राथमिकता राखेर काम गरेका छौं । शिक्षा, स्वास्थ्य, सुरक्षा, कृषि, पर्यटन र पूर्वाधार विकास हाम्रो प्राथमिकतामा थियो र छ । त्यसमा सबै भन्दा पहिला कृषि अन्तर्गत हामीले बाह्रदशी गाउँपालिका वडा नं. १ मा किसानहरुलाई सहज तरिकाले आफ्ना बालीनाली उत्पादन गर्नका लागि बिभिन्न किसिमका कृषि सामग्रीहरुको वितरण गरेका गर्दै आयौं । कृषि सामग्रीमा बोरिङ, मोटर, स्प्रे–ट्याङकी, थेसरहरु, रोडाबेटरहरु वितरण गर्यौ ।

धेरै मूल्य पर्ने कृषी सामग्रीहरु मोटामोटी प्रायः सबै किसानलाई उपलब्ध गराएका छौँ । कृषिलाई मध्य नजर गरेर हामीले थोपा सिचाई डिभिजन कार्यालय भद्रपुरको सहयोगमा १ करोड २६ लाख लागत इस्टुमेटमा हामीले त्यो पाइप लाइनबाट पन्ध्र हेक्टर जग्गामा उहाँहरुको खेत खेतमा पाइप लाइनबाट एउटा सिचाई परियोजना हामीले सञ्चालन गरेका छौँ । त्यो योजना सञ्चालनमा रहेको छ ।
त्यसैगरी शिक्षामा बाह्रदशी गाउँपालिका वडा नं. १ मा अत्यन्तै पछाडि परेको थियो । यहाँ कक्षा ८ सम्म एउटा विधालय थियो । हामी आइसकेपछि अमृत निमाविलाई कक्षा १० सम्म बनाउन सफल भएका छौं ।

साधुप्रति आधारभुत विधालयलाई हामीले गुणस्तरीय शिक्षा दिनका लागि त्यहाँका भौतिक संरचना देखि लिएर आवश्यक व्यवस्थापन गरेका छौं । अमृत मा.वि को भवन एकदमै जीर्ण अवस्थाको थियो । विधालयको छाना पानी पर्दा पनि चुहिने थियो । पर्खालहरु कमजोर थिए । कुन बेला भत्किने भन्ने डर थियो । त्यहाँका विद्यार्थीलाई कुन बेला समस्या हुन्छ भन्ने अवस्था थियो । अहिले त्यहाँ पनि जस्ता लगाएर छानाको समस्या समाधान गरेका छौं । भौतिक संरचना व्यवस्थित बनाएका छौं । ती सम्पूर्ण पुराना भवनहरुलाई हामीले पक्की भवन निर्माण गरेका छौ । जिल्ला समन्वय समिति झापा र बाह्रदशी गाउँपालिको संयुक्त सहयोगमा हामीले ८ कोठे भवनहरु निर्माण गरिसकेका छौँ भने जापानिज संस्थाको सहयोगमा ४ कोठे पक्की भवन निर्माण भइसकेको छ ।

त्यहाँ रहेको सानो ग्राउण्डलाई पनि व्यवस्थित गर्न सफल भएका छौं । हामीले त्यहाँ स्कुलको पछाडि पोखरीलाई पुरेर खेलमैदानको रुपमा निर्माण गरेका छौं । अहिले कक्षा १० सम्म हामीले पठनपाठन गराइरहको अवस्था छ ।

यद्दपि, हिजोका दिनमा ८ कक्षा पास भएर कक्षा ९ पढ्नका लागि आर्थिक अवस्थाले नभ्याएर एउटा साइकल किन्ने पैसा नभएर, खाजा खर्च र पोसाक किन्ने पैसा नभएर उहाँहरु बाध्यात्मक हिसाबले अध्ययन गर्नुपरेको थियो । विभिन्न समस्याका कारण कक्षा ९ पनि पढ्न पाइरहेको अवस्था थिएन । अहिले कक्षा १० सम्म उहाँहरुले सजिलै अध्ययन गर्न सकिने बनाएका छौं । आवश्यक सुविधा व्यवस्थापन गरेर घरकै खाएर पैदल गएर अध्ययन गर्न सक्ने परिस्थिति निर्माण भएको छ । हामीले त्यसलाई कक्षा ११ र १२ का समेत पठनपाठन हुने गरि भौतिक संरचनाहरुको व्यवस्थापन समेत मिलाइसकेका छौं ।

पशुपति मा.वि को २२ बिगा जग्गामा रहेको एउटा झिललाई बाह्रदशी सिमसार तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेका छौं । पहिलो चरणको ५ करोडको टेण्डर आव्हान भएर त्यो कार्यक्रम सञ्चालन गरिरहेका छौं । त्यहाँ निर्माण कार्यहरु सुरु भइसकेको छ । पहिलो चरणको निर्माण कार्यमा प्रवेशद्धारमा गेट , १ कि.मि. को बाटो, एउटा मन्दिर, चोमेना गृह, शौचालय र ठूलो आकारमा रहेको झिललाई सफाई गरेर पानी जमाएर दृष्य अवलोकन र बाटिङ गर्ने व्यवस्था रहेको छ ।

धार्मिक हिसाबले लफिथान पर्यटक तथा सिमसार क्षेत्र रहेको छ । त्यो एसियाकै विविधताले भरिएको जंगल भित्र चारकोसे जंगल भित्र पर्छ । त्यहाँ लक्ष्मीथान मन्दिर छ । त्यहाँ हामीले त्यसक्षेत्रलाई एउटा धार्मिक हिसाबले पर्यटनहरुलाई आन्तरिक तथा बाह्य पर्यटनहरुलाई भित्राउने उदेश्यले हामीले काम गरिरहेका छौँ । यद्दपि, साधुप्रति सिमसार तथा पर्यटन क्षेत्रमा हामीले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लोभ्याउने गरि काम गरेका छौं । हाम्रा छिमेकी राष्ट्रका पर्यटकहरुलाई हामीले लोभ्याउने हिसाबमा उहाँहरुलाई आनन्द दिनका लागि चासो दिएका छौं ।
त्यो आयआर्जन गर्ने एउटा ठूलो मौका युवाहरुलाई मिल्नेछ । सयौँ युवाहरुले स्वरोजगारको अवसर प्राप्त गर्नुहुनेछ । पर्यटनको क्षेत्रमा हामी यसरी अघि बढेका छौं ।

यस्तै, सुरक्षाका दृष्टिकोणले भागुडुवा बाह्रदशी गाउँपालिका वडा नं. १ अत्यन्तै दुखदायी दिनहरु बिताएको स्मरण छ । संकट कालको बेलामा दिनदहाडै भारतबाट आउने डाकाहरुले त्यहाँका जनताहरुको धनजनमा ठूलो क्षति हुने गरेको थियो । हामी निर्वाचित भएर आइसकेपछि आम नागरिकको सुरक्षाका लागि बिओपी स्थापना समेत गरिसकेका छौं । प्रदेश सरकारले १ करोड ६५ लाखमा त्यहाँका भवनहरु , संरचनाहरु निर्माण भएका छन् । हामीले कृषि, शिक्षा, पर्यटन र सुरक्षामा प्रगति गरेको अवस्था छ । भौतिक पूर्वाधारको रुपमा चै बाह्रदशी गाउँपालिका अत्यन्तै पिछाडि परेको अवस्था थियो । पाँच वर्षको अन्तरालमा केहि कामहरु गर्ज सफल भएका छौं । भौतिक संरचनाहरु कुनै पनि पक्कि थिएनन् । भौतिक संरचना नै नरहेको अवस्थामा हामी निर्वाचित भएर आइसके पछाडि सबैभन्दा पहिला सशस्त्र प्रहरी बलको स्थापना गर्यो । जुन चै १ करोड ६५ लाख बराबर थियो भने त्यसपछि हामीले एउटा जेष्ठ नागरिक सामुदायिक भवन पनि निर्माण गर्यौ ।

त्यो जेष्ठ नागरिक भवन चैँ शहरी भवन विकास कार्यालय इलामको तर्फबाट थियो । १ करोड ३६ लाख बराबरको सुविधा सम्पन्न जेष्ठ नागरिक भवन सञ्चालनमा ल्याएका छौँ । त्यसै गरी हामीले निर्माण गरेको आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण गरी अहिले सञ्चालनमा ल्याएका छौँ ।

हामीले वडाको बजेटबाट हाम्रो बाह्रदशी गाउँपालिका वडा नं. १ को वडा कार्यालय भवन पनि हामीले निर्माण गरिसकेका छौ । जुन वडा कार्यालय भवन मोटामोटी दुई चारणमा टेन्डर लागेर निर्माण भैरहेको अवस्था छ । त्यो हाम्रो मोटामोटी १ करोड ५ लाख बराबरको भवन निर्माण पहिलो तला निर्माण सम्पन्न गरिसकेका छौं । अदुवा खोलाले अवरोध गरेको अवस्थामा त्यहाँ हाम्रो पक्कि पुल बनाउने कार्य सञ्चालन भइरहेको अवस्था छ, जुन प्रदेश सरकारको सहयोगमा आफुहरुको समेत लागतमा त्यो पक्कि पुल निर्माण भइरहेको छ ।
साधुप्रति झिल ५ करोडको लगानीमा निर्माण भइरहेको अवस्था छ भने हामीले त्यो साधुप्रति खेल मैदान पनि युवाहरुलाई लक्षित गरेर एउटा व्यवस्थित स्टेज सहितको खेल मैदान निर्माण गरेका छौं । त्यो मैदानमा हामीले साधुप्रति वनभित्र रहेको जमिनलाई प्रयोग गरेर खेलमैदान निर्माण गरेका छौँ ।

त्यस्तै, हामीले त्यहाँ एउटा सुविधा सम्पन्न मलामी भवन मलामी घाटसहितको संरचना तयार गरेका छौं । २७ लाख बराबरको भवन हामीले निर्माण गरिसकेका छौँ । त्यहाँ अझैकेहि सामान्य कामहरु शौचालय देखि खानेपानीका व्यवस्थाहरु गर्न बाँकी रहेका छ । त्यसलाई पनि चाँडै पुरा गर्ने तयारीमा जुटेका छौं । त्यसलाई पनि हामीले निरन्तर दिने सोचमा छौँ । त्यहाँ मदरसा मुजाइउलुम भन्ने धार्मिक विधालयछ । जुन जीर्ण संरचना थियो । एउटा गाउँमा मुस्लिमहरुको एउटा धार्मिक विद्यालय त्यै पनि जीर्ण थियो । खरका टाँँटीहरु बाँसका टाँटीहरु लगाएर स्कुल सञ्चालन भइराखेको अवस्थामा त्यसलाई पनि मर्मत गरेर व्यवस्थित बनाइएको छ ।

त्यो ५ काठे भवन पनि हामीले निर्माण गरिसकेको अवस्था छ । भने विभिन्न चर्चहरु, गुम्बाहरु, मठमन्दिर लगायतका कार्यहरु हामीले गरेका छौँ । हामीले बाह्रदशी गाउँपालिका कै पहिलो कालोपत्रे सडक निर्माण गरेका छौँ । भागुडुवा बजार देखि बिरिङ् खोला जोड्ने ५५० मिटर कालोपत्रे सडक निर्माण सम्पन्न भइसकेको छ ।

खैरबारी स्थित खोप केन्द्रको निर्माण सम्पन्न भइसकेको छ । १० लाख बराबरको रकमबाट हामीले खोप केन्द्रको निर्माण सम्पन्न गरेका छौ । त्यो खोप केन्द्र पनि निर्माण सम्पन्न भइसकेको छ । खानेपानीका लागि बाह्रदशी गाउँपालिका वडा नं १ र २ को संयुक्त आयोजनामा बुट्टाबारी स्थित बाह्रदशीको १ नम्बर र २ नम्बर सिमानामा रहको बुट्टाबारी नजिकै एउटा शुद्ध खानेपानीको कार्यक्रम सञ्चालन गर्न काम अघि बढाएको छ । १० करोडको लगानीमा त्यो कार्यक्रम चलिरहेको छ । यसपाली पनि लगभग ३ करोड जति बिनियोजन भई त्यो कार्यक्रमलाई निरन्तर अघि बढायएको छ ।
स्वास्थ्यका हिसाबमा बाह्रदशी गाउँपालिका १ नम्बर अत्यन्तै पछि परेको थियो । त्यहाँका मानिसहरुलाई त्यहाँका सर्वसाधारणहरुलाई एउटा पारा सिटामोल लिनको लागि पनि ५ किलो मिटर टाढा राजगढ स्वास्थ्य चौकीमा पुगेर मात्र त्यो सुविधा प्राप्त गर्न सक्नु हुन्थ्यो । नेपाल सरकारले ताके बमोजिम निशूल्क औषधीहरुलाई प्राप्त गर्नको लागि पनि उहाँहरुले ५ किलो मिटर टाढा गएर उहाँहरुले त्यो सेवा पाउनुहुन्थ्यो भने अहिले बाह्रदशी गाउँपालिका वडा नं. १ कै आफ्नै आधारभुत स्वास्थ्य चौकी निर्माण भई सञ्चालनमा रहेको छ । र जसको सेवा चैँ त्यहाँका जनता सर्वसाधारणहरुले सबैले उपभोग गरिरहेका छन् ।

त्यसैगरी हामीले अरु विभिन्न कार्यक्रम विभिन्न धर्म संस्कार देखि लिएर त्यहाँ आवश्यक पर्ने सामान्य कुराहरुलाई विशेष प्राथमिकतामा राखेर काम गरेका छौं । कुनै पनि व्यक्ति जन्मिएपछि उहाँलाई जन्मिने बेलामा यातायत खर्च स्वरुप प्रत्येक गर्भवती महिलाहरुलाई ५ हजार रुपैँया यातायत खर्च स्वरुप प्रदान गर्दै आईरहेका छौँ । त्यो रकम बाह्रदशी गाउँपालिका १ नम्बरका महिलाहरुले सदुपयोग गर्न पाइरहनु भएको छ । उहाँहरुको पीडामा उहाँहरुको अवस्था बुझेर हामीले बजेट बिनियोजन गरेका हौं । बाह्रदशी गाउँपालिका वडा नम्बर १ मा मृत्यु हुने सम्पुर्ण परिवारलाई हामीले क्रिया खर्च स्वरुप आर्थिक सहयोग १० हजार हजार रुपैँया प्रदान गर्दै आएका छौँ । प्रत्येक बाह्रदशी गाउँपालिका वडा नं १ का जनताहरुलाई हामीले मृत्यु एउटा दुखद घटना हो, त्यसमा साथ सहयोग होस् भन्ने उद्देश्य राखेर यस प्रकारका लोकप्रिय कार्यक्रम सञ्चालन गरेका हौं । उहाँहरुको दुुःखमा मलम पट्टी होस् भनेर हामीले उहाँहरुको पीडालाई भुलाउन सहभागी भइरहेका छौं । यो कार्यक्रम ३ वर्ष देखि सञ्चालन भइरहेको अवस्था छ ।

यस्तै धेरै कार्यक्रम हामीले सञ्चालन गरेर अगाडी बढेको अवस्था छ । यद्दपि, धेरै नजिक रहेको बिरिङ खोलाले सयौँ बिगा जग्गा जमिन कटान गरि त्यहाँका जनतालाई दुःख दिएको छ । त्यहाँ बिरिङ खोलामा हामीले राष्ट्रपति तट्बन्धनका कार्यक्रमहरु सञ्चालन गरेका छौँ भने जनताको तट्बन्धन कार्यक्रम अन्र्तगत रहेर त्यो प्रक्रियामा जनताको तटबन्धन कार्यक्रमले हामीलाई सहयोग गर्ने प्रतिबद्धता दिएको छ । पुल पुलेसाहरु, कल्बर्ट, कुलेसाहरु, बाटोहरु देखि लिएर अन्य भौतिक पूर्वाधारका कार्यक्रम सञ्चालन गर्दै आएका छौं ।

प्रकाशित मिति : चैत्र १७, २०७८ बिहीबार  ९ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]