बैशाख २६, २०८१ बुधबार

बिर्तामोडमा नक्कली सुन दिदैं सक्कली सुन ठगी गरेको आरोपमा एक पक्राउ

बिर्तामोड । नक्कली सुन दिदैं सक्कली सुनका गरगहना ठगी गर्ने एक जना पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीले सो कार्यमा संलग्न भएको आरोपमा बाह्रदशी गाउँपालिका ६ का ४१ वर्षीय राजु खड्कालाई पक्राउ गरेको हो ।

अज्ञात समुहले झापाको बिभिन्न बजारमा सर्वसाधारणलाई सुनको बिस्कुट आकारको पहेलो धातु देखाई प्रलोभनमा पारी सक्कली सुनका गरगहनाहरु ठगी गर्दै आएको प्रहरीमा उजुरी परेको थियो । गत चैत १५ गते विर्तामोड – ४ अन्नपुर्ण टोल बस्ने वर्ष ६४ वर्षीया रेनुका शिवाकोटीलाई सुनको बिस्कुट भन्दै १० तोला सुनको प्रलोभनमा पारे खड्काले सुनको सिक्री ठगी फरार भएका थिए ।

सो सूचनाका आधारमा प्रहरीले खड्कालाई अर्जुनधारा – ११ स्थित बिर्तामोडको नयाँ बसपार्कबाट पक्राउ गरेको हो । बसपार्कमा पार्किङ गरी राखेको भारतीय नम्वर प्लेट भएको INd\ SK01PC5002 मारुती कारभित्र बसिरहेको अवस्थामा खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले मारुती कारसहित खड्कालाई नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति : चैत्र १७, २०७८ बिहीबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]