बैशाख २५, २०८१ मंगलबार

रानी सामुदायिक वनमा वृक्षरोपण

कनकाई । झापा गाउँपालिकाको एक मात्र सामुदायिक वन रानी सामुदायिक वन क्षेत्रमा रोटरी क्लव अफ सुरुङ्गाले बिहीवार वृक्षरोपण गरेको छ ।

मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय सामाजिक संस्थाका रुपमा स्थापित क्लवले वातावरणको शुद्धतालाई समेत ख्याल गर्दै टिक जातका २ सय ५० विरुवा रोपेको हो । झापा गाउँपालिकाको वडा नं.३, ६ र ७ मा पर्ने १ सय ३ हेक्टर क्षेत्रफलमा रहेको सो वन क्षेत्रको खाली रहेको ठाउँमा रोटरी क्लव अफ सुरुङ्गाका पदाधिकारीहरुले सवै विरुवा आफ्नै हातबाट रोपण गरेको क्लवका संस्थापक अध्यक्ष एल.पी. उप्रेतीले बताएका छन् ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै क्लवका वर्तमान अध्यक्ष कुमारमणि पोखरेलले मानवीय सेवामा समर्पित संस्था रोटरी क्लवले समृद्ध समाज निर्माणका लागि हरेक गतिविधिमा अग्रस्थानमा रहेर सेवा गर्ने बताएका छन् ।

वृक्षरोपण कार्यक्रमकै अवसरमा विर्तासिटी अस्पतालमा स्वास्थ्य उपचार गराइरहेकी आर्थिक अवस्था कमजोर भएकी झापा गाउँपालिका ६ निवासी ताला हेमरमलाई स्वास्थ्य उपचारका लागि सहयोग स्वरुप उपलव्ध गराएको तीन हजार एकसय रुपैंयाँ रानी सामुदायिक वनकी सचिव पुष्पा प्रसाईंलाई रोटरी क्लवले हस्तान्तरण गरेको छ ।

क्लवका अध्यक्ष कुमारमणि पोखरेलको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा रानी सामुदायिक वनका अध्यक्ष नरेन्द्रकुमार आङ्देम्बेले वातावरणको क्षेत्रमा गम्भीर बन्दै रोटरी क्लवले सामुदायिक वनप्रति गरेको सहयोगको प्रशंसा गरेका थिए । क्वलका थर्ड भाइस प्रेसिडेन्ट शिवकुमार कडेलले संचालन गरेको औपचारीक कार्यक्रममा वन समूहका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : भाद्र १३, २०७६ शुक्रबार  ९ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]