बैशाख २५, २०८१ मंगलबार

सुरुङामा संघसंस्थाको घोषणा ‘अलपत्र’

लीलाराज झापाली । कनकाई । यहाँका संघ–संस्थाले लोकप्रिय कार्यक्रमको घोषणा गर्ने तर त्यसलाई निरन्तरता नदिनेक्रम बढेको छ ।

लायन्स क्लव अफ कनकाई सुरुङ्गाले ५ वर्ष पहिले यहाँस्थित सुकेडाँगी सामुदायिक वन समुहको ३ बिगाह जमिनलाई घेरावारा गरी लायन्स वन घोषणा गरेको थियो । केहि वर्षसम्म निक्कै तामझामका साथ विरुवा रोप्ने घेरावारा गर्ने लगायतका कार्यक्रम भएकोमा हाल सो वनको अवस्था ज्यादै नाजुक छ ।

हाल वनको घेरावाराको तारजालीमा जंगली लहराले ढाक्दा वनको अवस्था घारीमा परिणत भएको छ । करिव १० लाख रुपैँया पैसा त्यसवेला लायन्सका सदस्यहरुले गोजीबाटै उठाएर घेरावारा गरेको र बिरुवा रोप्ने, जमिन जोत्ने लगायातका काम गरेको भएपनि समाचारको हेडिङ बनिसकेपछि लायन्सका सदस्यहरु सेलाउदा वनको दुर्दशा भएको एक स्थानीयको भनाई छ ।

लायन्सका एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, यसको हेरचाह गर्ने जिम्मा वन समुहकै भएको तर पहिले सम्झौता गर्दाको कार्यसमिति नहुँदा वनको हेरचाह नभएको हो । उनले हाल क्लवले आफ्नो सबै ध्यान भवन निर्माणमा लगाउदा समेत वनमा ध्यान जान नपाएको बताए ।

यता सुरुङ्गा सहकार्य युवा क्लवले समेत केहि बर्ष अगाडि सुरुङ्गा चौकमा दुर्गा पुजा लगाएर करिव १२ लाख रुपैँया संकलन गरि सुरुङ्गा क्षेत्रमा सीसी क्यामेरा जडान गरेको थियो । हाल ती सीसी क्यामेराको नामनिशान छैन । सीसी क्यामेराको मनिटरिङ्गका लागि इलाका प्रहरी कार्यालय सुरुङ्गालाई जिम्मा दिएपनि एउटा पनि सीसी क्यामेरा हाल संचालन आएका छैनन् ।

सीसी क्यामेरा कति हराए कति फुटे भन्ने सम्मको जानकारी नत प्रहरीलाई छ नत सहकार्य युवा क्लवका सदस्यहरुलाई नै । यता, यस क्षेत्रको अर्को युवाको संस्था सुरुङ्गा जेसीजले समेत ‘ग्रिन सिटी, क्लीन सिटी’ भन्दै बडो तामझामका साथ सुरुङ्गा बजारभरमा धुपीका विरुवा रोप्ने तथा फोहोर फ्याक्ने भाडो वितरण गरेको भएपनि हाल डिलाइट होटल रोड बाहेक सुरुङ्गा बजार क्षेत्रमा एउटा पनि सद्धे धुपीका विरुवा र भाडो छैन ।

यता, ज्ञानज्योती युवा क्लवको आयोजनामा समेत सुरुङ्गा क्षेत्रलाई प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा गरि वृतचित्रै समेत निर्माण गरिएको थियो । ज्ञानज्योती युवा क्लवले समेत दाताको खोजी गरि फोहोर फ्याक्ने भाडो समेत वितरण गरेपनि यी दुबै काम अहिले गुमनाम रहेको छ ।

सुरुङ्गा क्षेत्रमा हाल प्लाष्टिक झोला नियन्त्रण भएको छ कि छैन भन्ने समेत अनुगमन भएको छैन भने फोहोर फ्याक्ने भाडो समेत एउटा पनि ठिक छैनन् । सस्तो लोकप्रियताका लागि कार्यक्रमको घोषणा गरिदिने र समाचारको हेर्डिङ बनिसकेपछि कार्यक्रमको निरन्तरता नै विर्सिदिने क्रम वढेसगै लोकप्रिय कार्यक्रमहरु केहि दिन या बर्षमै थन्किने गरेको चर्चा हुन थालेको छ ।

प्रकाशित मिति : भाद्र १३, २०७६ शुक्रबार  १० : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]