जेष्ठ ५, २०८१ शनिबार

नेप्से १४.८८ अंकले गिरावट

काठमाण्डाै – शेयर बजार आज साेमवार पनि घटेको छ । हिजो आइतवार झन्डै ३१ अङ्कले घटेको शेयर बजार आज १५ दशमलव ९४ अङ्कले घटेर दुई हजार चार सय ९७ दशमलव ४७ विन्दुमा झरेको छ । 

सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । यस्तै दुई सय २६ वटा कम्पनीका ३४ लाख २९ हजार कित्ता शेयर एक अर्ब ५८ करोड ४६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै इमर्जिङ नेपालको ६ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज कर्णाली विकास बैंक र प्रभु इन्सुरेन्सको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि राष्ट्र उत्थान र नेस्डाे समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले बढको छ । 

प्रकाशित मिति : चैत्र २१, २०७८ सोमबार  ४ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]