जेष्ठ ५, २०८१ शनिबार

तत्काल उम्मेदवारको टुंगो नलगाउन कांग्रेसको सर्कुलर

काठमाडौँ – नेपाली कांग्रेसले मातहतका कमिटीलाई नयाँ सर्कुलर पठाउँदै तत्काल कुनै पनि उम्मेदवारको टुंगो नलगाउन अनुरोध गरेको छ ।

भारतीय जनता पार्टी भाजपासँग दलगत सम्बन्ध विस्तार गरेर नेपालको पाँच दलीय परमादेशवाला गठबन्धन निरन्तरताका लागि शुभकामना लिएर फर्किएका प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मतहतका कमिटीलाई तत्कालन उम्मेदवारको अन्तिम टुंगो नलगाउन निर्देशनसहितको परिपत्र गरेका हुन् ।

यसअघि कांग्रेसले गठबन्धनलाई ख्यालख्यालका रूपमा लिएको भए पनि भाजपाको समेत आशिर्वाद लिएपछि कांग्रेस थप उत्साहित भएर वडा तहसम्म नै गठबन्धनको बैठक गरेर भागवण्डा गरी चुनाव लड्ने तयारीमा लागेको छ ।

सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेलको तयारी अझै कसिलोसँग अघि बढाउनुपर्ने भएपछि कांग्रेसले तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको हो । केन्द्रीय समितिले यसअघि त्यस्ता उम्मेदवारको नाम सिफारिस गर्न र यथासक्य उम्मेदवारको टुंगो लगाउन सर्कुलर गरेको थियो । तर, सत्तारुढ दलहरूसँग गठबन्धन गर्नै पर्ने बाध्यता बढेपछि तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरिएको हो ।

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख ११ गते उम्मेदवारको मनोनयन गर्ने मिति तोकेको छ ।

प्रकाशित मिति : चैत्र २२, २०७८ मंगलबार  ३ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]