जेष्ठ ६, २०८२ सोमबार

झापाको २९ वडामा एमालेका उम्मेद्वार सर्वसम्मत

बिर्तामोड । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले झापाको १३१ वडामा उम्मेद्वार छनौट प्रक्रिया शुरु गरेको छ । बुधबार नेकपा एमालेले जिल्लाको २९ वटा वडामा सर्वसम्मत रुपमा उम्मेद्वार सिफारिस गरेको छ । धेरै जसो वडामा सर्वसम्मतका लागि छलफल जारी रहेको नेकपा एमाले झापाका सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार बुद्धशान्तिको १, अर्जुनधाराका २, बिर्तामोडका २, भद्रपुरका ४, मेचीनगरका २, कनकाईका २, झापाका गाउँपालिकाका २, कचनकवलको १, हल्दिवारीको १, बाह्रदशीका २, शिवसताक्षीका २, गौरीगञ्जका ३, गौरादहको १, कमलको १ र दमकको २ वटा वडाले वडाध्यक्ष र सदस्यहरुको उम्मेद्वार सर्वसम्मत रुपमा चयन गरेको छ ।

झापाका अधिकतम वडामा मतदानबाट उम्मेद्वार सिफारिस गर्ने काम भइरहेको सचिव ढुङ्गेलले जानकारी दिए । चैत २७ पछिको पहिलो जिल्ला कमिटी बैठकले वडाअध्यक्ष र सदस्यहरुको टुङ्गो लगाउने भएपछि त्यसै अनुसार जिल्लाभर उम्मेद्वार सिफारिसको काम भइरहेको उनको भनाई छ ।

सचिव ढुङ्गेलका अनुसार चैत २५ को पालिका कमिटीले मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षको उम्मेद्वारी सिफारिसका लागि छलफल प्रारम्भ गर्नेछ । यस्तै, २७ गते बस्ने पालिका कमिटीको बैठकले प्रमुख, उपप्रमुख , अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहित सदस्यहरुको नाम जिल्ला कमिटीलाई अन्तिम टुङ्गो लगाउदैं सिफारिस गर्ने छ । चैत २७ पछि तत्कालै बस्ने जिल्ला कमिटीको बैठकले वडाध्यक्ष र सदस्यहरुको छनौट गर्दै अन्तिम निर्णय गर्नेछ । सोही बैठकले मेयर,उपमेयर र अध्यक्ष,उपाध्यक्षको नाम प्रदेश कमिटीलाई सिफारिस गर्ने सचिव ढुङ्गेलले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र २३, २०७८ बुधबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]