बैशाख १४, २०८१ शुक्रबार

बालविवाह नियन्त्रणका लागि सचेतना आवश्यक

विराटनगर । बालविवाह नियन्त्रणका लागि सचेतना आवश्यक रहेको सरोकारवालाहरुले सुझाव दिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयले बुधबार विराटनगरमा आयोजना गरेको बाल विवाह विरुद्धको प्रादेशिक रणनीति सम्वन्धि अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले बाल विवाह नियन्त्रणका लागि सचेतना आवस्यक रहेको बताएका हुन ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लक्षित वर्गमा शिक्षा महत्वपूर्ण रहेको बताए । उनले आर्थिक सशक्तिकरणमा पनि जोड दिए । प्रजिअ दाहालले रणनीतिको कार्यन्वयन पक्ष पनि राम्रो हुनुपर्ने सुझाव दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले परम्परागत सोचका कारण पनि बालविवाह नियन्त्रणमा चुनौति रहेको बताए । उनले कानुनी अज्ञानता, गरीवी पनि मुख्य कारण रहेको बताएका छन् । सचिव पराजुलीले कानुनी सचेतना आवश्यक रहेकोमा जोड दिए ।

सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीले मन्त्रालयले बालविवाह नियन्त्रणका लागि किशोरी सशक्तिकरण कार्यक्रम शुरुवात गरिएको बताएका छन् । बालविवाह नियन्त्रणका लागि रणनीतिमा स्थानीय तहहरुबाट प्रोत्साहनका कार्यक्रम समावेश गर्न सुझाव दिए । जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बालविवाह नियन्त्रणका लागि विद्यालय तहमा सचेतना आवश्यक रहेको बताए । उनले समुदायस्तरमा अभियानका रुपमा कार्यक्रम लैजानुपर्ने बताए । कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले रणनीतिलाई चाँडै कार्यन्वयनमा ल्याउन सुझाव दिएका थिए । अभियानलाई सफल पार्न प्रदेश र स्थानीय सरकारले स्वामित्व लिनुपर्ने उनीहरुको भनाई छ ।

सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले चालु आर्थिक वर्ष भित्रमा रणनीतिलाई अन्तिम रुप दिएर आगामी आर्थिक वर्षदेखि कार्यन्वयनमा लैजाने गरि मन्त्रालयले तयारी गरिरहेको जानकारी दिए । प्रदेश १ लाई सन् २०२५ भित्रमा बाल विवाहमुक्त प्रदेश बनाउने सरकारको नीति रहेको छ ।

प्रकाशित मिति : चैत्र २४, २०७८ बिहीबार  ६ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]